Friday, April 17News That Matters

खोटाङमा काम गर्न आएका एक मजदुर सुतेकै ठाउँमा मृत फेला

फाइल तस्विर

खोटाङ, १९ फागुन । खोटाङमा काम गर्न आएका एक मजदुर सुतेकै ठाउँमा मृत फेला परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ मुढेस्थित नेपाली सेनाको भवन निर्माणका लागि आएका सिराहा लौकिया महियानी गाउँपालिका ४० वर्षीय कासिन्दर सदा सुतेकै ठाउँमा मृत भेटिएका हुन् ।

सदा दुई तीन दिनदेखि बिरामी परेका सदा बिहिबार भने काममा जान सकेका थिएनन् । शुक्रबार बिहान सुतेकै ठाउँमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी मञ्जिल मुकारुङले जानकारी दिनुभयो ।

नियमित जाँडरक्सी सेवन गर्ने सदा बिहिबार बेलुका मकै खाएर सुतेका बताइएको छ । उनले राती वान्ता पनि गरेको खुलेको प्रहरीले जनाएको छ । लेवरको काम गर्न आएका सदा मुढेका राजकुमार तामाङको घरमा बस्दैआएका थिए ।