Friday, April 17News That Matters

नारी दिवसको अवसरमा दिक्तेल नगरका महिला सदस्यहरु बीच वक्तृत्वकला


खोटाङ, फागुन १९ । नारी दिवसको अवसरमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका निर्वाचित महिला सदस्यहरुको लागि वक्तृत्वकला प्रतियोगिता हुने भएको छ । फागुन २४ गते पर्ने ११३ औं नारी दिवसको अवसरमा ‘नगरको समृद्धिमा महिला जनप्रतिनिधिको भूमिका’ विषयमा महिला सदस्यहरुको वक्तृत्वकला प्रतियोगिता हुने नगरपालिकाले जनाएको छ ।

नारी दिवसको अवसरमा प्रशासनिक र शैक्षिक क्षेत्रमा कार्यरत महिला कर्मचारी एवं शिक्षिकाहरुलाई सम्मानसमेत गरिने भएको छ । यस्तै, दिक्तेलस्थित रत्नपार्क (किरात चोक)देखि जिल्ला समन्वय समितिको हलसम्म ¥याली निकालेर कार्यक्रमको सुरुवात हुने प्रमुख प्रशासकीय अधिकृत सुभाकर पौडेलले बताउनुभयो ।

यसैबिच, जिल्लाको केपिलागढी र रावा बेसी गाउँपालिकाले नारी दिवसको अवसरमा दोहोरी प्रतियोगिता लगायतका कार्यक्रम आयोजना गरेका छन् ।