
खोटाङ, फागुन २३ । सरकार समक्ष शान्ति सम्झौता टुङ्गोमा पु¥याउन माग गर्दै नेकपा माओवादी केन्द्रको युवा संगठन वाइसिएल खोटाङले ज्ञापन–पत्र बुझाएको छ । प्रमुख जिल्ला अधिकारी सुर्य प्रसाद सेडाइँमार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिहंदरबारलाई मंगलबार वाइसिएल खोटाङले बुझाएको ज्ञापन–पत्रमा शान्ति सम्झौता चाडै टुङ्गोमा पु¥याउनु पर्ने लगायत पाँच बुँदे माग रहेका छन् ।
देशमा शान्ति र स्थायित्व निर्माण गर्न तत्कालीन सरकार र माओवादी बीच भएका १२ बुँदे समझदारी, बिस्तृत शान्ति सम्झौता र संक्रमणकालीन न्यायका बिरुद्ध चलखेल भइरहेकाले गम्भिर ध्यानाकर्षण भएको वाइसिएल खोटाङले जनाएको छ । तसर्थ शान्ति क्रियाका बाँकी काम सक्न, द्धोन्दकालीन घटनाका पीडित नागरिक एवं उनिहरुका परिवारलाई न्याय दिन वाइसिएलले माग गरेको छ ।
यस्तै, व्यवस्था विरुद्धको गतिविधि नियन्त्रण गर्न र संविधानको रक्षा गर्न, जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन लगायत व्यवस्था परिवर्तनका क्रममा सहादत प्राप्त गरेकाहरुलाई राष्ट्रि«य सहिद घोषणा गरेर उचित क्षतिपुर्ति प्रदान गर्न लगायत ज्ञापन–पत्रमार्फत माग गरिएको छ ।
वाइसिएलले मंगलबार खोटाङसँगै देशका ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई ज्ञापन–पत्र बुझाएको संगठनका दिक्तेल रुपाकोट मझुवागढी नगर कमिटि अध्यक्ष भुपेन्द्र राईले बताउनुभयो ।
ज्ञापन–पत्र


