Thursday, April 16News That Matters

हलेसीबाट पूर्वमन्त्री झाँक्रीको उद्घोष राष्ट्रपतिको निर्वाचनपछि राजनीतिले स्थायित्व प्राप्त गर्नेछ


खोटाङ, फागुन २४ । नेपाल सरकारका पूर्वशहरी विकास मन्त्री एवं नेकपा एकिकृत समाजवादी पार्टीका सचिव रामकुमारी झाँक्रीले राष्ट्रपतिको निर्वाचनपछि राजनीतिले स्थायित्व प्राप्त गर्ने बताउनुभएको छ । ११३ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै हलेसी मन्दिरको प्रांगणबाट राष्ट्रपतिको निर्वाचनपछि राजनीतिक स्थिरताको नयाँ कोर्ष सुरु हुने बताउनु भएको हो ।

‘राष्ट्रपतिको विषयमा हाम्रो पार्टीले निर्णय गरिसकेको छ, अब आउने नयाँ राष्ट्रपतिको गर्दैगर्दा राष्ट्रिय राजनीतिमा नयाँ कोर्ष अगाडी बढ्नेछ, राजनीतिले स्थायित्व प्राप्त गर्नेछ भन्ने मलाई विश्वास छ ।’ पूर्वमन्त्री झाँक्रीले भन्नुभयो, ‘एउटै दलले एकै पटकमा बहुमत प्राप्त नगरेकाले दुईभन्दा बढी दल मिलेर सरकार बन्ने सन्दर्भमा कहिले काँही गरिएका असल अभ्यासहरु नैतिकताको कसीमा ठिक लाग्दैन । तर, कतिपय अवस्थमा बाध्यत्मक पनि हुनसक्छन् ।’

यस्तै, गठबन्धन सरकार चलाउने मानकहरु चाँहि बनाउनु पर्ने पूर्वमन्त्री झाँक्रीको भनाइ छ ।