
खोटाङ, फागुन २४ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले १७ जना पूर्व महिला जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । १३३ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नगरपालिकाले बुधबार दोसल्ला ओढाएर प्रमाणपत्रले सम्मान गरेको हो ।
०७४ मा भएको स्थानीय तहको निर्वाचनमा हलेसी तुवाचुङ नगरपालिकामा निर्वाचित कतीपय महिला जनप्रतिनिधि पछिल्लो समय हराइरहेकाले हौसलास्वरुप उहाँहरुलाई सम्मान गरिएको हलेसी तुवाचुङ नगरपालिका मेयर विमला राईले बताउनुभयो । पूर्व महिला जनप्रतिनिधिलाई सम्मानसँगै महिला दिवसको अवसरमा सचेतना मुलक ¥याली, कर्मचारीहरुको सामुहिक स्वागत नृत्य, झाँकी, तामाङ सेलो, साकेला नाँच, बालन, करातेको डेमो प्रदर्शनी लगायतका कार्यक्रम नगरपालिकाले आयोजना गरेको थियो ।
नगरपालिकाको आयोजनामा हलेसी मन्दिरको प्रांगणमा भएको कार्यक्रमलाई सम्बोधन गर्न पुर्वशहरी विकास मन्त्री एवं नेकपा एकीकृत समाजवादीका सचिव रामकुमारी झाक्री, नेपाली कांग्रेसका केन्द्रीय सदस्य लक्ष्मी खतिवडा र प्रेरक वक्ता सुमी मानव हलेसी आउनुभएको थियो ।
प्रमुख र विशेष अतिथिहरुलाई सम्मान तथा मायाको चिनो प्रदान गर्नुहुँदै मेयर राई र उपमेयर राउत



