Thursday, April 16News That Matters

खोटाङमा प्रहरीले रोक्यो बाल विवाह

फाइल तस्विर

खोटाङ, फागुन २४ । खोटाङमा हुन लागेको बालविवाह प्रहरीले रोकेको छ । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकामा हुन लागेको १७ वर्षिया किशोरीको विवाह रोकिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

पाथेकाका १७ वर्षिया बालिकाको नेर्पाका २२ वर्षीय पुरुषसँग विवाहका लागि मंगलबार तयारी गरिएको बताइएको छ । बाल विवाह हुन लागेको खबर आएपछि प्रहरी चौकी तालखर्कबाट प्रहरी पुगेर रोकिएको प्रहरीले जनाएको छ ।

बाल विवाह गर्न लागेको भन्ने खबर आएपछि प्रहरी पुगेर सम्झाई बुझाई गरी विवाह रोकिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरिक्षक मञ्जिल मुकारुङले जानकारी दिनुभयो ।