खोटाङ, चैत ७ । खोटाङका प्रजन बस्नेतको शब्दमा “पिलपिल आँसु” बोलको नयाँ गीत सार्वजनिक भएको छ । जिल्लाको ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका बस्नेतको शब्दमा चर्चिच गायक प्रमोद खरेल र चर्चित गायिका अनु चौधरीले आवाज दिएका छन् ।
ऋषि खड्का नामक युटुव च्यानलबाट सार्वजनिक गरिएको गीतको भिडियो छोटो समयमा धेरै दर्शकले रुचाएका छन् । सार्वजनिक भएको करीब ५ दिनमा २ लाख ३० हजार बढी दर्शकले हेरेका छन् । ऋषि खड्काको संगीतमा तयार भएको “पिलपिल आँसु” मा नायिका सिल्पा पोखरेल र मोडल विक्रम बुढाथोकीको अभिनय रहेको छ ।
हेर्नुहोस् गीत