
खोटाङ, चैत ७ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले सबै कार्यालय, विद्यालय, अस्पताल लगायतका सार्वजनिक ठाउँहरुमा मादक पदार्थ सेवन (मापसे) परिक्षण गर्ने भएको छ । शिक्षक, स्वाथ्यकर्मी, कार्यालय सहयोगिहरुले मादक पदार्थ सेवन गरेर कार्यालयमा आउने गरेको गुनासो आएपछि मापसे परिक्षण गर्ने निर्णय गरिएको मेयर विमला राईले जानकारी दिनुभयो ।
मंगलबार बसेको नगर कार्यापालिकाको बैठकलले ब्रेथलाइजरबाट मापसे परिक्षण गर्ने मेशिन खरिद गर्ने निर्णय गरेको छ । नगरपालिकाले ७ वटा मेशिन खरिद गरेर नगर भित्र रहेका ६ वटा प्रहरी चौकी र १ नगर अस्पतालमा दिने निर्णय गरिएको मेयर राईले बताउनुभयो । ‘केही विद्यालयमा शिक्षकहरु मापसे गरेर विद्यालय आउने गरेको गुनासो आएको छ । स्वास्थ चौकिमा केही स्वास्थ्य कर्मी पनि मापसे गरेर आउने गरेका रहेछन् । अझ वडा कार्यालयमासमेत सहयोगि कर्मचारीहरु मापासे गरेर कार्यालय नै नियमित नआएने गरेको गुनासो आएपछि हामीले अब मापसे परिक्षण गर्ने निर्णय गरेका छौँ ।’ मेयर राईले भन्नुभयो ।
यस्तै, सार्वजनिक ठाउँहरुमा प्राय मापसे गरेर झगडा हुने गरेकाले त्यसको रोकथामका लागि पनि मेशिन खरिद गर्न लागिएको उहाँको भनाइ छ । कतै झगडा भएमा या कार्यालयहरुमा कोही मापसे गरेर आएको थाहा पाएमा तत्काल नजिकैको प्रहरी चौकीबाट प्रहरी खटिएर मापसे परिक्षण गर्ने छ । यदि मापसे गरेको पाइएमा आवश्यक कारबाहि अघि बढाइने मेयर राईले बताउनुभयो ।
नगरपालिकाले मेशिन खरिद गरे पश्चात मापसे परिक्षणका लागि प्रहरीले मुख सुँघ्नु पर्ने बाध्यताको पनि अन्त्य हुनेछ ।
