Thursday, April 16News That Matters

अहिलेको सरकार आगामि वर्षको बजेट ल्याउन नसक्ने अवस्थामा छ


खोटाङ, चैत ९ । नेकपा एमालेका सचिव टोप बहादुर रायमाझीले अहिलेको संघीय सरकारले आगामि आर्थीक वर्ष २०८०\०८१ को बजेट ल्याउन नसक्ने अवस्थामा रहेको दावी गरेका छन् । एमालेको मिसन ग्रासरुट पार्टी सुदृढीकरण तथा बिस्तार अभियान कार्यक्रममा खोटाङ आएका रायामाझीले यस्तो दावी गरेका हुन् ।

नेकपाकोे सरकार ढालेर बनेका नयाँ सरकारले दुई वर्षको अन्तरालमा महंगी मात्र बढाएको रायमाझीको भनाइ छ । ‘एमालेको सरकार ढालेर अन्य सरकार बनकोे यो दुई वर्ष कहालीलाग्दो छ । महंगी उकालो लागेको छ, तर विकास ठप्प छ । यो सरकार आगामि बजेट ल्याउन नसक्ने अवस्थामा छ, धेरै बजेट कटौती हुनेवाला छ ।’ उनले भने, ‘त्यही पनि यस्तो सरकारमा जान राजनीतिक दलको कुटाकुट छ । राजनीतिमा इमानदारीता भन्ने हराएको छ ।’

तासको जोकरले बाजी मार्छ तर मान्छे जोकर भएर देश खक्तम भएको रायमाझीको टिप्पणी छ । जसले गर्दा देशको राजनीतिमा खतरा देखिएको उनको भनाइ छ । एमाले राष्ट्रियता, स्वाधीनता र समृद्धिको पक्षमा रहेलेकाले देशदेखि विदेशसम्मका शक्ति लागेर एमालेलाई एक्लो पारेको रायमाझीको ठहर छ ।

अहिलेको गठबन्धन देश बनाउन नभएर एमालेको विरुद्धमा मात्र बनेकाले एमसिसी पास गरेर अहिले यसपिपी र नागरिक्ता विधेयक पास गर्न लागेको रायमाझीको भनाइ छ ।

कार्यक्रममा एमालेका केन्द्रीय सचिव रायमाझी, स्थायी कमिटी सदस्य एवम् कोशी प्रदेशका इन्चार्ज राजेन्द्र गौतम, केन्द्रीय सदस्य मानविर राई, पर्शुराम अधिकारी, एमाले कोशी प्रदेशका अध्यक्ष तुलसी न्यौपाने, कोशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी लगायतको उपस्थिति थियो ।

हाल मिसन ग्रासरुट जिल्लाको दस वटै स्थानीय तहमा संचालन भइरहेको र आगामी वैशाख ९ गते कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा समापन गरिने एमालेका खोटाङ अध्यक्ष रामप्रसाद दंगालले बताए ।