Thursday, April 16News That Matters

आफ्नै शरीरमा आगो लगाएर घाईते भएका खोटाङका बास्तोलाको मृत्यु

सांकेतिक तस्विर

खोटाङ, चैत १० । आफ्नै शरीरमा आगो लगाएर घाईते भएका खोटाङका एक ब्यक्तिको मृत्यु भएको छ । पेट्रोल छर्किएर आफ्नै शरीरमा आगो लगाएर आत्मदहको प्रयास गर्दा घाईते भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका २८ वर्षिय भलकाजी बास्तोलाको मृत्यु भएको हो ।

बास्तोलाले चैत ३ गते राती आफ्नै शरीरमा आगो लगाउदा घाईते भएका थिए । किर्तीपुर बर्न अस्पताल, काठ्माडौंले थप उपचार हुननसक्ने भन्दै बिहिबार डिस्चार्ज दिएपछि बास्तोलालाई फर्काएर जिल्ला अस्पताल दिक्तेलमा राखिएको थियो । उनको उपचारका क्रममा बिहिबार राती २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी मञ्जिल मुकारुङले बताए ।

जिल्ला अस्पतालले रेफर गरेपछि घाईते बास्तोलालाई चैत ४ गते किर्तीपुर बर्न अस्पताल, काठ्माडौं लगिएको थियो । तर बास्तोलाको स्वास्थ्य अवस्था सुधार हुनुको सट्टा ‘क्रिटिकल’ हुँदैगएपछि बर्न अस्पतालले डिस्चार्ज दिएको थियो । बास्तोलाले आफ्नै शरीरमा आगो लगाएको देखेपछि परिवारका सदस्य र छिमेकीले आगो निभाएर बचाएका थिए । उनले घरायसी तनावका कारण शरीरमा आगो लगाएको बताइएको छ ।

भलिबल र फुटबल खेलाडी रहेका उनी नेर्पा स्पोर्टस् क्लवमा आवद्ध थिए ।