
खोटाङ, चैत १० । नेपाली कांग्रेस निकट कर्मचारी संगठन नेपाल निजामती कर्मचारी युनियन रावा बेसी गाउँपालिकाको अध्यक्षमा गिरिराज मगर निर्वाचित भएका छन् । शुक्रबार भएको पालिका अधिवेशनले मगरको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
उपाध्यक्षमा उद्दब बास्तोला, समावेशी उपाध्यक्षमा देविका राई, सचिवमा निराज रावल कोषाध्यक्षमा भोजराज आचार्य चयन भएका छन् । सदस्यहरुमा गायस भट्टराई, विवेक ढकाल, सेसेना लिम्बु, प्रियंका राई, श्याम बहादुर राना, सन्जय किशोर यादव र लह कुमार राई चयन भएका छन् । यस्तै युनियनको सल्लाहकार समितिको संयोजकमा अर्जुन कुमार पोखरेल, सदस्यहरुमा सन्दीप कुमार राय, विशाल कुमार कार्की र ललित कुमार बस्नेत सर्वसम्मत चयन भएका हुन् ।
यसैबिच, शुक्रबार नै भएको स्वास्थ्यकर्मी संघको पालिका अध्यक्षमा अमिर विश्वकर्मा सर्वसम्मत चयन भएका छन् । उपाध्यक्षमा तृष्णा राई र केशव कुमारी राई, सचिवमा राकेश गिरी, कोषाध्यक्षमा पार्वता श्रेष्ठ चयन भएका छन् । सदस्यहरुमा मन्जु थापा मगर, बालकुमार श्रेष्ठ, प्रेरण बास्तोला, बबिता फुयाँल, तीर्थ कुमारी गुरुङ, भेषराज अधिकारी, सृजना तामाङ, सम्झना थापा मगर, अपेक्षा राई, जोसेफ राई र बबिता भट्टराई रहेका छन् ।
दुवै संगठनको संयुक्त अधिवेशनमा रावा बेसी गाउँपालिकाका अध्यक्ष फटिक कुमार श्रेष्ठ, नेपाल निजामती कर्मचारी युनियन खोटाङका अध्यक्ष प्रकाश घिमिरे, युनियनका प्रदेश सदस्य खेमराज आचार्य लगायतको उपस्थिति रहेको थियो । अधिवेशनमा नेकपा एमाले निकट कर्मचारी संगठनका पालिका उपाध्यक्ष कौसल राज अधिकारीले कर्मचारी युनियनको सदस्यीता लिएका युनियनका सल्लाहकार समिति सदस्य ललित बस्नेतले कुमार बताए ।
