Thursday, April 16News That Matters

खोटाङ उद्योग वाणिज्य संघको १६ गते चुनाव, अध्यक्षमा ३ जनाको भिडन्त


खोटाङ, चैत १३ । खोटाङ उद्योग वाणिज्य संघको निर्वाचन १६ गते हुने भएको छ । यसअघि राजनीतिक भागबन्डाका आधारमा मिलाउने भनिए पनि अन्ततः चुनाव हुने निश्चित भएको हो ।

चुनावका लागि सोमबार अध्यक्षमा तीनजनाको उम्मेदावरी दर्ता भएको छ । अध्यक्षका लागि समुन्द्र प्रसाद जोशी, राजन प्रसाद आचार्य र राजेन्द्र लयालुको भिडन्त हुने पक्का भएको हो । वरिष्ठ उपाध्यक्षका लागि मनोज कुमार वजिमय, वुद्धि विनोद लुइटेल, प्रथम उपाध्यक्षका लागि विजयश्वर श्रेष्ठ, जयप्रसाद राई र द्धितीय उपाध्यक्षका लागि मणिशोभा राई र फुर्वा दोर्जी शेर्पाको उम्मेदवारी दर्ता भएको छ ।

महासचिवका लागि अजय बस्नेत, सुमन श्रेष्ठ, सचिवका लागि राजु श्रेष्ठ, लेख बहादुर खड्का(बिनोद) तथा कोषाध्यक्षका लागि नेत्र बहादुर कटुवाल र युधिर शाक्यको उम्मेदवारी परेको छ । खुला सदस्यमा १२ तथा महिला सदस्यमा ४ जनाको उम्मेदवारी परेको छ ।

सात जना पदाधिकारी तथा खुल्ला सदस्य र महिला सदस्यसहित १० जनाका लागि ३१ जनाको उम्मेदवारी परेको छ । संघको १७ जना निर्वाचित, २ जना मनोनित र निवर्तमान अध्यक्षसहित २० जनाको कार्य समिति हुने प्रावधान छ । १६ चैतमा नयाँ नेतृत्व चयनका लागि संघको अधिबेशन हुंदैछ ।