
खोटाङ, चैत १३ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका भित्रको साँढे १० किलोमिटर ग्रामीण सडक कालोपत्रे हुने भएको छ । नगरपालिकाको वडा नम्बर ३ च्यास्मिटारबाट डिकुवा हुँदै बाहुनीडाँडाको वडा कार्यालय पुग्ने साँढे १० किलोमिटर ‘च्यास्मिटार–डिकुवा–कुर्लेघाट’ सडकको सोमबार हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राईले शिलान्यास गर्नुभएको हो ।
सडक विभागको २७ करोड ४ लाख ७५ हजार बजेटमा ३ वर्षमा सक्नेगरी फेवा पोखराले २०७९ पुष २० सडकको ठेक्का सम्झौता गरेको छ । ड्रेनसहित नौ मिटरको कालोपत्रे सडक बन्ने कन्ट्रक्सनका प्रतिनिधि पत्थर सिं राई राईले बताए ।
