Wednesday, April 15News That Matters

कांग्रेस निकट नेपाल किसान महासंघको खोटाङ अध्यक्षमा बाजिन्द्र बिष्ट

नेपाल किसान महासंघ केन्द्रीय समिति अध्यक्ष गणेशचन्द्र तिमिल्सिबाट मनोनयन पत्र बुझ्दै नेता बिष्ट, साथमा सांसद भुपेन्द्र राई

खोटाङ, चैत २४ । नेपाली कांग्रेस निकट नेपाल किसान महासंघ खोटाङ जिल्ला अध्यक्षको जिम्मेवारी बाजिन्द्र बिष्टले पाएका छन् । बिष्टलाई महासंघको केन्द्रीय समितिले जिल्ला अध्यक्षमा शुक्रबार मनोनयन गरेको हो ।

किसान महासंघ जिल्ला अध्यक्षको जिम्मेवारी पाएका बिष्ट खोटाङको जन्तेढुंगा गाउँपालिकाको पार्टी सभापतिसमेत रहेका छन् । नेपाल किसान महासंघको संगठन विस्तार एवं आगामी जिल्ला अधिवेशन तोकिएको समयमा सम्पन्न गर्नेगरी महासंघको जिल्ला अध्यक्षमा मनोनयन गरिएको नेपाल किसान महासंघ केन्द्रीय समितिले जनाएको छ । जिल्लाका सम्पूर्ण वडा, पालिका, प्रदेश र संघीय निर्वाचन क्षेत्रहरुको अधिवेशन केन्द्रले तोकेकै समयमा गराउन जिम्मेवारी दिइएको नेपाल किसान महासंघ केन्द्रीय समिति अध्यक्ष गणेशचन्द्र तिमिल्सिनाले दिएको मनोनयन–पत्रमा उल्लेख छ ।