
खोटाङ, चैत २९ । लामो समयदेखि पत्रकारिता क्षेत्रमा सकृय खोटाङका पत्रकार दमन राई सम्मानित हुनुभएको छ । आफ्नो पाचौँ जिल्ला सभा तथा अधिवेशनको अवसरमा बुधबार नेपाल नेत्र ज्योति संघ खोटाङले पत्रकार राईलाई सम्मान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि संघका केन्द्रिय महासचिव भरत बहादुर चन्द, विशिष्ट अतिथि प्रदेश सभापति एवं केन्द्रिय उपाध्यक्ष श्याम सुन्दर उदाशले दोसल्ला ओढाएर सम्मान पत्रले पत्रकार राईलाई सम्मान गर्नु भएको हो । जिल्लाको आँखा सेवाका महत्वपुर्ण पक्षलाई उजागर गर्ने समाचारलाई स्थानीय देखि अन्तराष्ट्रिय स्तरसम्म पु¥याउन खेलेको महत्वपुर्ण भूमिकाको उच्च मुल्याङकन गर्दै पत्रकार राईलाई सम्मान गरिएको नेपाल नेत्र ज्योति संघ खोटाङका सभापति इन्द्र कसजुले बताउनुभयो ।
२०६३ सालदेखि पत्रकारिता क्षेत्रमा क्रियासिल राई हाल नेपाल वाइड डटकमको सम्पादकसँगै, ग्यालेक्सी फोरके टेलिभिजन र हिमाल खबरकामा आवद्ध हुनुहुन्छ । पत्रकार राई नेपाल पत्रकार महासंघ खोटाङका पूर्व अध्यक्षसमेत हुनुहुन्छ ।
यसैबिच, नेपाल नेत्र ज्योति संघ खोटाङले आँखा उपचार केन्द्र प्रमुख हरिहर श्रेष्ठलाई पनि सम्मान गरेको छ । आँखा उपचारमा पु¥याएको महत्वपुर्ण भूमिकाको उच्च मुल्याङकन गर्दै सम्मान गरिएको संघका सभापति कसजुले बताउनुभयो ।
