Friday, April 17News That Matters

नेपाल नेत्र ज्योति संघ खोटाङको सभापतिमा पुनः इन्द्र कसजु निर्वाचित

कार्यक्रमको उद्घाटन गर्नुहुँदै संघका केन्द्रिय महासचिव भरतबहादुर चन्द, प्रदेश सभापति श्याम सुन्दर उदाश, पुनः निर्वाचित जिल्ला सभापति कसजु लगायत

खोटाङ, चैत २९ । नेपाल नेत्र ज्योति संघ खोटाङको सभापतिमा इन्द्र कसजु दोहोरिनु भएको छ । बुधबार सम्पन्न संघको पाचौँ जिल्ला सभा तथा अधिवेशनबाट कसजु सभापतिमा पुनः निर्वाचित हुनुभएको हो ।

जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न अधिवेशनले कसजुको नेतृत्वमा १३ सदस्य नयाँ जिल्ला कार्य समिति सर्वसम्मत चयन गरेको छ । सदस्यहरुमा सनमान खड्का, कमलप्रसाद आचार्य, रेखा राई, प्रेमकुमार श्रेष्ठ, गीता शंकर, मणि सोभा राई, लक्ष्मी दास श्रेष्ठ, विन्दा बस्नेत थापा, यादब श्रेष्ठ, पुष्पा राई र लेख बहादुर खड्का (विनोद) सर्वसम्मत चयन हुनुभएको निर्वाचन अधिकृत एवं संघका प्रदेश सभापति श्याम सुन्दर उदाशले जानकारी दिनुभयो ।

यसैबिच, जिल्ला सभा तथा अधिवेशनको अवसरमा नेत्र ज्योति संघ खोटाङले पत्रकार दमन राई र आँखा उपचार केन्द्रका प्रमुख हरिहर श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मान पत्रले सम्मान गरेको छ ।