Thursday, April 16News That Matters

पानी परेसँगै खोटेहाङका किसान मकै छर्न ब्यस्त

मकै छर्दै खोटेहाङ गाउँपालिकाका–७ रातमाटेका किसान

खोटाङ, वैशाख १७ । वैशाख १६ गते परेको पानीले खोटेहाङ गाउँपालिकाका किसानलाई राहत दिएको छ । १६ गते साँझको पानीले खेत बारी भिजाएपछि १७ गते बिहानबाट गोरु, हलो जुवा र मकैको बिउ लिएर किसानहरु खेत बारीमा पुगेका छन् ।

पानी पर्खिएर बसेका किसानहरु अहिले मकै छर्न ब्यस्त भएका हुन् । गाउँपालिकाको माथिल्लो भेगका किसानले केही समय अघि नै मकै छरिसकेका छन् । तल्लो भेगका किसानलाई भने १६ गतेको पानीले राहत दिएको हो । पानी नपर्दा जेठ महिनासम्ममा मकै छर्ने किसान यो वर्ष वैशाखमै मकै छर्न पाउदा हर्षित छन् ।