
खोटाङ, वैशाख २१ । खोटाङमा बाख्रा चराउन गएकी एक युवती बलात्कृत भएकी छिन् । घर नजिकैको जंगलमा बाख्रा चराउन गएकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाकी २० वर्षीया युवती बलात्कृत भएकी हुन् ।
सोमबार बिहान अन्दाजी ११ बजे बाख्रा चराउन गएकी युवतीलाई अन्दाजी दिउँसो १ वजे निर्मलीडाँडाको जोरअंगेरी जंगलमा बलात्कार गरेको भन्दै सोही गाउँका २९ वर्षीय प्रतापजंग राई विरुद्ध जिल्ला प्रहरी कार्यालयमा मंगलबार युवतीको परिवारले किटानी जाहेरी दिएको छ । उनि फरार रहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
युवती बाख्रा चराई रहेको अवस्थामा निज अभियुक्त राई पनि बाख्रा लिएर सोही ठाउँमा पुगेका थिए । राईले युवतीलाई भेटेपछि उक्त ठाउँबाट केही पर पात्ले झार्न जाउँ बाख्रालाई घाँस हुन्छ भनेछन् । हाम्रो बाख्राले पात्ले खादैनन् म जान्न तपाई जानु युवतीले भनिछन् । मेरो मात्रै बाख्राले खाएपनी म झार्छु तिमी बटुली देउन भनी पात्लेको फेदमा लगेछन् । पात्लेको फेदमा पुगेपछि निज राईले युवतीलाई ज्याकेटमा तानेछन्, उुवती कसोकसो गरी फुत्किन खोज्दा केशमा पक्री फुत्किन नदिई नजिकै रहेको ओडारमा तान्दै लगेछन् । छोरी फुत्किन बल गर्दा लडाएर घाँटी थिची, मुख थुनी जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख छ ।
बलात्कार पछि मार्ने उद्देश्यले राईले युवतीलाई दुबै हातले घाँटी थिचीरहेको अवस्थामा छिमेकी पुगेपछि अभियुक्त फरार भएका थिए । बलात्कार पछि घाँटी थिचेर मरानासन्न अवस्थामा पुगेकी युवतीले चिच्याएको सुनेर छिमेकी घटना स्थलमा पुगेको बताइएको छ ।
युवतीलाई जंगलबाट बाहिर ल्याएर छिमेकीले परिवारलाई खबर गरेका थिए । परिवारले युवतीलाई उपचारका लागि जिल्ला अस्पताल खोटाङमा तत्काल ल्याएका थिए । तर युवतीको स्वास्थ्य अवस्था जटिल भएकाले जिल्ला अस्पतालले रेफर गरेर हाल धरानस्थित एक अस्पतालमा उपचार भइरहेको परिवारका एक सदस्यले बताए ।
यस विषयमा अनुसन्धानसँगै फरार रहेका अभियुक्त राईको खोजि भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख (डिएसपी) मञ्जिल मुकारुङको भनाइ छ ।
यसैबिच, खोटाङको खोटेहाङ गाउँपालिकाका एक कर्मचारीले मद्यपान सेवन गरी सोही पालिकामा कार्यरत महिला कर्मचारीलाई यौनजन्य हिंसा गरेको बताइएको छ । तर उक्त घटनालाई छलफल मार्फत माफी मगाएर मिलाइएको छ ।
