Thursday, September 21News That Matters

बराहपोखरीको वडा स्तरीय फुटबलको उपाधि मौवाबोटेलाई, पौवासेरा दोस्रो


खोटाङ, वैशाख २३ । बराहपोखरी गाउँपालिकाको वडास्तरीय पुरुष फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर ६ मौवाबोटेले जितेको छ । शनिबार भएको फाइनल खेलमा वडा नम्बर ५ पौवासेरालाई पेनाल्टीमा हराउदै मौवाबोटेले उपाधि उचालेको हो ।

निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल पेनाल्टीमा धकेलिएको थियो । पेनाल्टीमा ४–२ गोल अन्तरले पौवासेरालाई हराउदै मौवाबोटेले उपाधि जितेको हो । उपाधिसँगै मौवाबोटेले नगद ४० हजारसँगै शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ । दोस्रो भएको पौवासेराले नगद ३० हजारको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताको तेस्रो र चौथो हुने वडा नम्बर ४ फाक्टाङ र वडा नम्बर १ बराहपोखरीले क्रमस नगद २० र १० हजारसँगै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको गाउँपालिकाका सूचना अधिकारी रमेश पोखरेलले बताउनुभयो ।

यस्तै, विद्यागततर्फ उत्कृष्ट गोलकिप्परमा पौवासेराका किरण राई, उत्कृष्ट मिटफिल्डरमा मौवाबोटेका विश्वास राई, उत्कृष्ट डिफेण्डरमा मौवाबोटेका विज्ञान राई छनोट भएका छन् । सर्वाधिक गोलकर्ता फाक्टाङका संगम मगर र अनुशासित खेलाडी साउनेचौरका शिखर राईसँगै सबै विद्यागततर्फका खेलाडीहरुलाई नगद २/२ हजारको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको गाउँपालिकाका खेलकुद प्रशिक्षक लाखमान राईले बताउनुभयो ।

गाउँपालिकाको वडा नम्बर १ बराहपोखरीस्थित शंखेस्वरी माध्यमिक विद्यालयको प्रांगणमा खेल बिहिबारबाट सुरु भएको थियो । कार्यक्रमको उद्घाटन एवं समापन तथा पुरस्कार वितरणमा गाउँपालिकाका अध्यक्ष शालिकराम बञ्जरा, उपाध्यक्ष भुवलराज राई, प्रमुख प्रशासकीय अधिकृत विकेन पौडेल, ६ वटै वडाका अध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *