Thursday, September 21News That Matters

साम्सिङ भञ्ज्याङका माने पुनर्निमार्ण सुरू


दावा जाङ्बु शेर्पा, खिजीदेम्बा

जेठ, १३ । सोलुखुम्बुस्थित पर्यटकीय पिके क्षेत्रका मानेहरुको पुनर्निमार्ण सुरु भएको छ । प्रचीनकालमा निर्माण भएको साम्सिङ भञ्ज्याङका मानेका पर्खालहरुको मर्मत तथा पुनर्निमाण सुरु भएको हो ।

५३८ फिट लम्बाई, ४ फिट चौडाइ र ४ फिट ८ इन्च उचाइको लामो ऐतिहासिक धार्मिक सम्पदाका मानेहरु मर्मत थालिएको हो । बौद्धधर्मावलम्बीहरुको आस्थाको प्रतिक, सांस्कृतिक तथा पर्यटकीय महत्व बोकेको १६ वटा माने पर्खालहरुको अवस्था जीर्ण अवस्थामा रहेकाले पिके टाप्टिङ समाज सेवा संस्थाको नेतृत्वमा मर्मत गरिरहेको संस्थाका महासचिव अम्बर तामाङले जानकारी दिनुभयो ।

स्थानियहरुको प्रत्यक्ष सहभागिता तथा सोलुदुधकुण्ड नगरपालिका–१० टाप्टिङसँगको समन्वयमा मानेको आवश्यक मर्मत, सम्भार र संरक्षणको कार्य गरिएको पिके टाप्टिङ समाज सेवाका अध्यक्ष ङवाङ फुरी शेर्पाले बताउनुभयो । माने निर्माण कार्य सुरु भैसकेको र १० दिन भित्र निर्माण गरि सक्ने लक्ष्य रहेको बताइएको छ । साथै माने निर्माणका लागि आर्थिक सहयोग अवश्यक भएकाले सहयोग गर्न पनि संस्थाले आह्वान गरेको छ । साम्सिङ भञ्ज्याङको माने पुनः निर्माण गर्नका लागि २० लाख खर्च हुन सक्ने अनुमान गरिएको छ ।

मानेको पृष्ठभूमि

हिमाली क्षेत्रमा बसोबास गर्ने बौद्धधर्मावलम्बीहरुले सदियौ देखि माने पर्खाल बनाउदै आइरहेको पाइन्छ । नेपालीको अन्य हिमाली जिल्लाहरुमा जस्तैः ओखलढुंगा सोलुखुम्बुमा पनि विभिन्न आकार प्रकारका माने निर्माण गर्दै आइरहेको पाउन सकिन्छ ।

के हो माने पर्खाल

माने शब्द संस्कृत भाषाको माणिबाट आएको हो जसले अमुल्य रत्न भन्ने बुझाउँछ । माने शब्दले माने पर्खालको अलवा प्रार्थनालाई पनि बुझाउँछ । माने पर्खाल र यसमा कुदिने मन्त्रहरु बुद्धधर्मसंग सम्बन्धित रहेको र बुद्धधर्मका त्रिरत्नहरु बुद्ध धर्म संघ मध्ये मानेमा धर्मका कुरा कुदिने हुदा यसलाई माणि जस्तै अमुल्य रुपमा लिने गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *