Saturday, July 27News That Matters

वडा स्तरीय भलिबलको उपाधि ज्यामिरेलाई, हौँचुर दोस्रोहुँदा डुम्रे तेस्रो

प्रतियोगिताको प्रथम हुने टिम ज्यामिरेसँग रावा बेसी गाउँपालिकाका अध्यक्ष फटिक कुमार श्रेष्ठ लगायत, तस्विर : टिकाराम राई

खोटाङ, जेठ १४ । रावा बेसी गाउँपालिका–१ कुभिण्डेमा भएको वडा स्तरीय भलिबल प्रतियोगिताको उपाधि ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेले जितेको छ । कुभिण्डे वडा र रावा बेसी गाउँपालिकाको आर्थिक सहयोगमा कुभिण्डे खेलकुद विकास समितिले आयोजना गरेको वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि ज्यामिरेले जितेको हो ।

रावा बेसी–६ हौँचुरलाई ३–० को सोझो सेटमा हराउदै उपाधि जितेको ज्यामिरेले नगद ५५ हजार ५५५ को साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो भएको हौँचुरले नगद ३३ हजार ३३३ को साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

दोस्रो हुने टिम हौँचुरको साथमा टिम कोच तथा वडाध्यक्ष चिरञ्जीवि कार्की र सव–इन्जिनियर शिव कु. कार्की, तस्विर : टिकाराम राई

१३ टिम सहभागि भएको प्रतियोगितामा रावा बेसी–४ डुम्रे धारापानीले तेस्रो स्थान हात पारेको छ । हलेसी तुवाचुङ नगरपालिका–८ धितुङलाई हराउदै तेस्रो भएको डुम्रेले नगद २२ हजार २२२ को साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको कुभिण्डेका वडाध्यक्ष गेहेन्द्रमान राईले जानकारी दिनुभयो ।

२तीनसम्म सञ्चालन भएको प्रतियोगितामा ७ जना खेलाडीलाई विद्यागत पुरस्कार प्रदान गरिएको छ । सर्वोत्कृष्ट खेलाडी ज्यामिरेका रोशन विश्वकर्मा, उत्कृष्ट सटर हौँचुरका सविन श्रेष्ठ, डिफेण्डरमा हौँचुरका गोपाल खड्का, सेटरमा ज्यामिरेका दिनेश राई, ब्लकरमा डुम्रे धारापानीका रचन गुरुङ, सर्वरमा डुम्रे कै झमक मगर र अनुसासित खेलाडीमा धितुङका किसन कट्वालले पुरस्कार पाएका छन् । विद्यागततर्फ उत्कृष्ट सातै जनालाई ट्रफी प्रदान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *