Sunday, October 6News That Matters

नेपाल उत्पीडित जातीय मुक्ति समाज खोटाङको अध्यक्षमा दर्नाल र सचिवमा रम्तेल

खोटाङ, जेठ १५ । नेकपा एमालेको जनसंगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज खोटाङको अध्यक्षमा अर्जुन दर्नाल चयन भएका छन् । समाजको ७ औँ जिल्ला अधिवेशनले दर्नाललाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

एमालेको पार्टी कार्यालय पुस्पलाल स्मृति भवन दिक्तेलमा सोमबार भएको अधिवेशले दर्नालको अध्यक्षतामा ३५ सदस्यीय नयाँ समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा अगम परियार र बम बहादुर विश्वकर्मा, सचिवमा रेखा रम्तेल चयन भएका छन् । यस्तै, उप–सचिवमा लोकमणी विश्वकर्मा, रमेश परियार, भक्त विश्वकर्मा र कोषाध्यक्ष कृष्ण परियार सर्वसम्मत चयन भएकासमाजका निवर्तमान सचिव विष्णु उपरकोटीले बताए ।

निवर्तमान अध्यक्ष दिपक ठटालको अध्यक्षतामा भएको अधिवेशनमा उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय महासभिव तथा संविधानसभा सदस्य खेम नेपाली, नेकपा एमाले खोटाङका अध्यक्ष राम दंगाल, सचिव कुमार आचार्य, सचिवालय सदस्य चर्च बहादुर विश्वकर्मा र विणादेवी राई लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *