
खोटाङ, जेठ १६ । खोटाङका दश स्थानीय तहले संघीय सरकारबाट आगामी आर्थिक वर्ष २०८०/०८१ मा ३ अर्ब ६९ करोड २० लाख बजेट प्राप्त गरेका छन् । चालुतर्फ ३ अर्ब २४ करोड ४९ लाख र पुँजीगततर्फ ४४ करोड ७१ लाख गरी जम्मा ३ अर्ब ६९ करोड २० लाख बजेट प्राप्त गरेका हुन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सबै भन्दा धेरै रकम पाएको छ । चालुतर्फ ६१ करोड ५९ लाख र पुँजीगततर्फ ८ करोड ३४ लाख गरी जम्मा ६९ करोड ९३ लाख रकम संघीय सरकारबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पाएको हो ।
यस्तै, हलेसी तुवाचुङ नगरपालिकाले चालुतर्फ ४३ करोड ४ लाख र पुँजीगततर्फ ४ करोड ७३ लाख गरी जम्मा ४७ करोड ७७ लाख रकम पाएको छ । खोटेहाङ गाउँपालिकालाई चालुतर्फ ३५ करोड ८७ लाख र पुँजीगततर्फ ६ करोड ४८ लाख गरी जम्मा ४२ करोड ४५ लाख, ऐसेलुखर्क गाउँपालिकालाई चालुतर्फ ३० करोड ९ लाख र पुँजीगतर्फत २ करोड ३५ लाख गरी जम्मा ३२ करोड ४४ लाख, केपिलासगढी गाउँपालिकालाई चालुतर्फ २६ करोड २९ लाख र पुँजीगततर्फ २ करोड १४ लाख गरी जम्मा २८ करोड ४३ लाख रकम प्राप्त भएको छ ।
यस्तै, जन्तेढुंगा गाउँपालिकालाई चालुतर्फत २५ करोड ९६ लाख र पुँजीगततर्फ ४ करोड १८ लाख गरी ३० करोड १४ लाख, दिप्रुङ चुईचुम्मा गाउँपालिकालाई चालुतर्फ ३३ करोड ३७ लाख र पुँजीगततर्फ ४ करोड २६ लाख गरी ३७ करोड ६३ लाख, रावा बेसी गाउँपालिकालाई चालुतर्फ २३ करोड ५२ लाख र पुँजीगततर्फ ४ करोड ३३ लाख गरी जम्म २७ करोड ८५ लाख रकम संघीय सरकारबाट प्राप्त भएको छ ।
यस्तै, बराहपोखरी गाउँपालिकाले चालुतर्फ २२ करोड ४४ लाख र पुँजीगततर्फ ३ करोड ८५ लाख गरी जम्मा २६ करोड २९ लाख र साकेला गाउँपालिकाले चालुतर्फ २२ करोड ३२ लाख र पुँजीगततर्फ ४ करोड ५ लाख गरी जम्मा २६ करोड ३७ लाख रकम प्राप्त गरेको छ ।
यसैबिच, सरकारले हलेसी तुवाचुङ क्षेत्रलाई खुल्ला साँस्कृतिक संग्रहालयको रुपमा विकास गर्ने योजना अघि सारेको छ ।
सोमबार अर्थमन्त्री डा. प्रकाश शरण महतले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/०८१ को बजेट वक्तव्यमा हलेसी तुवाचुङ नगरपालिकामा पर्ने हलेसी तुवाचुङ क्षेत्रलाई खुल्ला साँस्कृतिक संग्रहालयको रुपमा विकास गर्ने योजना अघि सारेको हो ।
सरकारले नयाँ बजेटमा लारुम्बा, मुन्धुम ट्रेल, हलेसी तुवाचुङ, खुवालुङ लगायतका स्थानलाई समेटेर साँस्कृतिक सर्किटको निर्माण गर्ने योजना अघि सारेको छ ।
