Friday, April 17News That Matters

बर्सात सुरु भएसँगै खोटाङमा रोपाइँ सुरु

दिप्रुङ चुइचुम्मा गाउँपालिकामा रोप्न तयार पारिएको धानको बीउ र रोपाइँ गरिएका खेतहरु, तस्वीर : राजकुमार भट्टराई

खोटाङ, जेठ ३० । बर्सात सुरु भएसँगै  खोटाङमा धान रोपाइँ सुरु भएको छ । जेठ २८ गतेदेखी लगातार वर्षा हुन थालेपछी किसानले  धान रोप्न सुरु गरेका हुन ।

दश स्थानीय तह रहेको जिल्लामा प्राय सबै पालिका क्षेत्रमा धान रोपाइँ हुन्छ । बेँसी क्षेत्रमा असार १५ पछि मात्र रोपाइँ गर्ने गरिन्छ । माथिल्लो लेक क्षेत्रमा भने किसानले जेठ अन्तिम देखि रोपाइँ सुरु गर्ने गरेका छन ।

धान रोप्ने समय भए पनि पानी नपर्दा किसान चिन्तित थिए । २८ गते भारी बर्षा भएपछि सोही मौका छोपेर अहिले किसान रोपाइँमा ब्यस्त भएका छन ।