Saturday, April 18News That Matters

खोटाङका सीडीओ सेडाईको सरुवा, नयाँ सीडीओमा खतिवडा

बायाँतर्फ सीडीओ सुर्य प्रसाद सेडाई र दायाँतर्फ सीडीओ भोजराज खतिवडा

खोटाङ, असार १ । खोटाङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सुर्य प्रसाद सेडाईको सरुवा भएको छ । खोटाङका (सीडीओ) सेडाईसहित अन्य केही जिल्लाका (सीडीओ)हरुको गृह मन्त्रालयले सरुवा गरेको हो । अवधि पुगेका र सुगम तथा दुर्गम मिलाएर प्रमुख जिल्ला अधिकारीहरूको सरुवा र पदस्थापन गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सेडाईलाई मकवानपुरको प्रमुख जिल्ला अधिकारी बनाएको छ । यस्तै खोटाङमा नयाँ प्रमुख जिल्ला अधिकारीमा भोजराज खतिवडा आउनुहुने भएको छ । हाल सिरहाका सीडीओ खतिवडालाई मन्त्रालयले खोटाङ सरुवा गरेको हो ।