Saturday, April 18News That Matters

राउत क्षेत्री सेवा समाज खोटाङको अध्यक्षमा बासु र सचिवमा नेत्र बिक्रम


खोटाङ, असार २ । खोटाङमा राउत समुदायको संगठन निर्माण गरिएको छ । शुक्रबार दुर्छिममा भएको प्रथम भेलाले बासु राउतको अध्यक्षतामा १९ कार्यसमितिको संगठन चयन गरिएको हो ।

राउत क्षत्री सेवा समाजको सचिवमा नेत्रबिक्रम राउत र कोषाध्यक्षमा पवित्रा राउतलाई चयन गरिएको छ । समितिको उपाध्यक्ष र सहसचिव मनोनित गर्ने गरी सहमति भएको नयाँ निर्वाचित सचिव राउतले बताउनुभयो ।

खोटाङ जिल्लाका राउतहरुको प्रथम भेलामा राउत क्षत्री सेवा समाजका केन्द्रीय अध्यक्ष भगवान बहादुर राउत, महासचिव श्याम कुमार राउत ,कोषाध्यक्ष इराज राउत, केन्द्रीय सदस्य देबेन्द्र राउतको उपस्थिति रहेको थियो । विशेष अतिथिकोरुपमा हलेसी तुवाचुङ नगरपालिकाका मेयर विमला राई, उपमेयर रमेशकुमार राउत र अतिथिहरुमा नगर सभापति चक्रकुमार राई, वडाध्यक्षहरु रुपेन्द्र कुमार राई र टेकराज राई लगायतको उपस्थित रहेको सचिव राउतको भनाइ छ ।