Saturday, April 18News That Matters

वडा सदस्य राईद्वारा विपन्न परिवारका विद्यार्थीलाई पोसाक वितरण

पोसाक वितरण गर्दै वडा सदस्य विशाल राई

खोटाङ, असार १६ । रावा बेसी गाउँपालिका-१ कुभिण्डेका वडा सदस्य विशाल राईले  विपन्न परिवार तथा जेहेन्दार विद्यार्थीलाई पोसाक वितरण गरेका छन  । रत्न राज्य लक्ष्मी आधारभूत विद्यालयका ४ जना विद्यार्थीलाई राईले विद्यालय पोसाक वितरण गरेका हुन ।
विद्यालायले छनोट गरेका उक्त ४ जना विद्यार्थीलाई वडा सदस्य राईले शुक्रबार विद्यालयमै पुगेर पोसाक हस्तान्तरण गरेका छन । पोसाक पाउनेहरुमा कक्षा १ मा अध्यनरत कमला उपरकोटी, कक्षा ३ मा अध्यनरत खिला नेपाली र सुरेश मिजार र कक्षा ५ मा अध्यनरत दिक्षा नेपाली रहेका छन ।
अध्ययनलाई निरन्तरता दिन सहयोग र हौसलाको लागि पोसाक प्रदान गरेको सदस्य राईले बताए । विद्यार्थीलाई सहयोग गर्ने वडा सदस्य राईलाई विद्यालयले सम्मान गरेको छ ।

वडा सदस्य राईलाई सम्मान गर्दै विद्यालय व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापक