Thursday, April 16News That Matters

रास्वपाको लफ्याङ पश्चात बाम्राङमा वडा कमिटी गठन


खोटाङ, असार ३० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले खोटाङमा दोस्रो वडा कमिटी गठन गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ पश्चात वडा नम्बर ३ बाम्राङमा शनिबार वडा कमिटी गठन गरिएको (रास्वपा) ले जनाएको छ ।

बाम्राङमा भएको भेलाले भानुभक्त खत्री (रोशन) को संयोजकत्वमा ११ सदस्य समिति गठन गरेको छ । समितिको सह–संयोजकमा आस्विन राई (किरण), सचिवमा मीना आचार्य पाण्डे, सह–सचिवमा कुमार थापा, कोषाध्यक्षमा दुर्गा रम्तेल, सदस्यहरुमा कल्पना बस्नेत, शिव दाहाल, सन्दीप दाहाल, नबिन थापा, ज्ञान बहादुर दाहाल र सबिन राई रहेको निर्वाचन क्षेत्र समिति सदस्य मुकुन्द कृष्ण थापाले जानकारी दिए ।

कमिटी गठन कार्यक्रममा तदर्थ जिल्ला समितिका कोषाध्यक्ष पर्शुराम थापा (आशिष), सचिव किशोर आचार्य, प्रदेश समितीको गुनासो ब्यवस्थापन बिभागका प्रस्तावित सदस्य बिजय मिश्र, लफ्याङका संयोजक सोनाम हाङ राई लगायतको उपस्थिति रहेको थियो । वडा र पालिका समितिको विधान अनुसार ११ जना भन्दा बढी नहुने भएकोले गाउँ÷टोल कमिटी बनाएर सबै घण्टी प्रेमीहरुलाई समेटिने रास्वपाले जनाएको छ ।

दिक्तेल रुपाकोट मझुवगढी नगरपालिका –५ लफ्याङबाट वडा कमिटि निर्माण गर्न सुरु गरेको रास्वपाले केही महिना भित्रै जिल्लाका ७९ वटै वडामा तदर्थ समिति गठन गर्ने निर्वाचन क्षेत्र समिति सदस्य थापाले बताए ।