Thursday, April 16News That Matters

एमालेले खोटाङमा माल्यापर्ण गरेर मनायो पुष्पलालको ४५ औँ स्मृति दिवस


खोटाङ, साउन ७ । नेपाल कम्युनिस्ट पार्टी एमाले खोटाङले नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवस शालिकमा माल्यार्पण गरेर मनाएको छ । जिल्ला पार्टी कार्यालय अगाडी निर्माण गरिएको श्रेष्ठको शालिकमा आज बिहान माल्यार्पण गरेर ४५औँ स्मृति दिवस मनाएको हो ।

पुष्पलालले सम्मुन्नत राष्ट्र निर्माण गर्ने र नेपाली जनताको वास्तविक मुक्तिको कार्यभार पूरा गर्ने लक्ष्य राखेर २००६ सालमा भारतको कोलकतामा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गर्नुभएको थियो । नेकपाका संस्थापक महासचिव उनै श्रेष्ठको ४५औँ स्मृति दिवसको अवसरमा आज देश तथा विदेशमा विभिन्न कम्युनिस्ट पार्टीहरुले कार्यक्रमको आयोजना गरी मनाउँदैछन् । सोही अवसरमा खोटाङमा एमालेले श्रेष्ठको शालिकमा माल्यर्पण गरेको हो ।

कार्यक्रममा एमालेका पोलिटब्युरो सदस्य विशाल भट्टराई, एमालेका जनसंगठन कोशी प्रदेशका इन्चार्ज यज्ञराज सुनुवार, एमाले खोटाङका इन्चार्ज तथा धनकुटा जिल्लाका संघीय माननीय राजेन्द्र राई, एमालेका केन्द्रीय सदस्यहरु उषाकला राई, खगेन्द्र राई, रमेश पौडेल र पार्टीका जिल्ला संगठनका पदाधिकारी लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।