Thursday, April 16News That Matters

ताराखसे सामुदायिक वनमा ८ सय फलफुलका बिरुवा रोपियो


खोटाङ, साउन १० । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित ताराखसे सामुदायिक वनमा वृक्षारोपण गरिएको छ । बाँझो बन्दै गएको सामुदायिक वनको ४ रोपनी क्षेत्रफलमा वृक्षारोपण गरिएको हो ।

वनको ४ रोपनी क्षेत्रफलमा ८०० बिरुवा रोपिएको छ । साना किसान कृषि सहकारी संस्था दुर्छिम र वृक्षारोपण पहल नेपालको समन्वयमा सामुदायिक वनमा फलफुल साथै अन्य बिरुवा रोपिएको बताइएको छ । सामुदायिक वनको झाडी फडानी गरेर दन्ते ओखर, आँप, अम्बा लगायतका ८०० बिरुवा रोपिएको वृक्षारोपण पहल नेपाल दुर्छिमका म्यानेजर मोतिराज राईले बताए । सहकारी संस्थाका अध्यक्ष मनकुमार राईको नेतृत्वमा सहकारीका शेयर सदस्य, सामुदायिक वनका समिति र वृक्षारोपण नेपालका पदाधिकारी लगायतको उपस्थितिमा बिरुवा रोपिएको राईको भनाइ छ ।

ताराखसे सामुदायिक वनको ४ रोपनी क्षेत्रफलमा ३ दिन लगाएर बिरुवा रोपिएको हो । वृक्षारोपण पश्चात वरिपरि घेराबारा पनि गरिएको छ । बाँझो बन्दै गएका वनहरुमा वृक्षारोपण कार्यलाई निरन्तरता दिदै जाने बताइएको छ ।