Thursday, April 16News That Matters

बिना जानकारी कार्यालय नआएउने दिक्तेल रुपाकोटका कर्मचारीको हाजिरी फायलमा रातो मसी

मेयर तीर्थराज भट्टराईको निर्देशनमा अनुपस्थित कर्मचारीको हाजिरी फायलमा रातो मसी लगाइदै

खोटाङ, साउन ११ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बिना जानकारी कार्यालय नआउने कर्मचारीको हाजिरी फायलमा रातो मसी लगाएको छ । कार्यालयलाई जानकारी नगराइ दिनौँ उपस्थित नहुने र कार्यालयमा समयसम्म नबस्ने ४ जना कर्मचारीको हाजिरी फायलमा रातो मसी लगाइएको हो ।

कार्यालयमा जानकारी नगराइ ७ दिनसम्म उपस्थित नहुने अमिन सुमन कुमार देवको हाजिरी फायलमा ७ दिनकै हाजिरमा रातो मसी लगाइएको छ । ४ दिनसम्म. उपस्थित नहुने आलेप अधिकृत मोहन भट्टराई र अधिकृत छैठौं रामप्रसाद आचार्यको ४ दिनकै हाजिरमा रातो मसी लगाइएको छ । यस्तै बिहिबार ११ बजेसम्म कार्यालयमा उपस्थित नहुने लेखापाल नवराज रिजलाको बिहिबारको हाजिरमा रातो मसी लगाइएको छ ।

कार्यालयमा कर्मचारी नहुने जनगुनासो आउपछि मेयर तीर्थराज भट्टराईले छड्के अनुगमन गर्दा बिना जानकारी कार्यालय नआएका र समयमा कार्यालय नआएका कर्मचारीको हाजिरी फायलमा रातो मसी लगाइएको हो । मेयर भट्टराईको निर्देशनमा प्रशासन शाखा सहायक जानुका श्रेष्ठले चारजना कर्मचारीको हाजिरीमा रातो मसी लगाउनुभएको हो ।

कार्यालयलाई व्यवस्थित, अनुशासित र मर्यादित बनाउन बिना जानकारी कार्यालय नआउने र कार्यालय छोडेर हिड्ने कर्मचारीको हाजिरी फायलमा रातो मसी लगाइएको मेयर भट्टराईले बताउनुभयो । कार्यालयमा आउने सेवाग्राहीलाई सन्तुष्टि दिलाउने अभिप्रायले बेला बेला यसरी नै छड्के अनुगमन गरिने उहाँको भनाइ छ ।