खोटाङ, साउन २२ । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ खोटाङले आगामी चुनाव लक्षित अभियान चलाउने भएको छ । जिल्ला अधिवेशन पश्चात सोमबार दिक्तेलमा बसेको पहिलो बैठकले मिशन नेक्ष्ट इलेक्शन टार्गेट न्यु जेनेरेशन अभियान चलाउने भएको हो ।
केन्द्रीय उपाध्यक्ष एवं कोशी प्रदेश उत्प्रेरक कृष्णहरि केसीको प्रमुख आतिथ्यतामा संघको पहिलो जिल्ला बैठक बसेको छ । संघको केन्द्रीय योजना अनुसार खोटाङमा पनि मिशन नेक्स्ट इलेक्शन टार्गेट न्यु जेनेरेशन अभियान सफल बनाउने निर्णय भएको जिल्ला अध्यक्ष रोशन राईले बताउनुभयो ।
संगठनलाई पुनर्ताजगी गर्ने यो अभियान नयाँ रक्तसञ्चार बन्ने युवा संघको विश्वास छ । सबै युवाहरुमा पुगेर युवाको समस्याको टिपोर्ट गरी चुनौतीको समाधानको खोजी गर्ने गरी अभियान चलाउने केन्द्रीय उपाध्क्ष केसिले बताउनुभयो । यो अभियान अन्तरगत खेलकुद र मनोरञ्जनसँग जोडिएर सदस्यता विस्तार गर्ने, अभिलेख गर्ने र जनसम्बन्ध विस्तार गर्ने उहाँको भनाइ छ ।
अभियान सफल बनाउन कार्यविभिाजनसँगै युवा संघको जिल्ला सचिवालय कमिटीसमेत सोमबारको बैठकले तयार गरेको बताइएको छ ।