Saturday, July 27News That Matters

खोटाङका ९ वटा अपुरो योजनाको विषयमा प्रजिअ सुनारलाई एमालेको ध्यानाकर्षण

प्रजिअ सुनारलाई ध्यानाकर्षण पत्र बुझाउदै एमाले खोटाङ उपाध्यक्ष देव विक्रम राई, साथमा सांसद पाँचकर्ण राई लगायत ।

खोटाङ, साउन २५ । जिल्लामा सञ्चालन भइरहेका ९ वटा अपुरो योजनाको विषयमा नेकपा एमालेले जिल्ला प्रशासन कार्यालय खोटाङलाई ध्यानाकर्षण गराएको छ । एमालेका प्रदेश कमिटी सदस्य एवं प्रदेश सांसद पाँचकर्ण राईसहितको टोलीले बिहिबार जिल्ला प्रशासन कार्यालय पुगेर ध्यानाकर्षण गराएको हो ।

काम अपुरो रहेका त्यी योजनाहरुको काम सम्पन्नका लागि पहल गर्न प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारलाई एमालेका जिल्ला कमिटी उपाध्यक्ष देव विक्रम राईले ध्यानकर्षण पत्र बुझाउनु भएको हो । जिल्लाका ५ सडक र ३ वटा पुल निर्माण सम्पन्न गर्न पहल गरिदिन ध्यानाकर्षण पत्रमा भनिएको छ । यस्तै दुधकोशी जलविद्युत आयोजनाको काम अघि बढाउन प्रमुख जिल्ला अधिकारी सुनारलाई अनुरोध गरिएको छ । ६३५ मेगावट क्षमताको उक्त आयोजनाको हालसम्म मुआब्जा निर्धाणरको काम भएको छैन् । आयोजनामा २ आर्थिक वर्षमा विनियोजन भएको १ अरब १४ करोड बजेटको सार्वजनिक सुनुवाइ हुनु पर्ने भनिएको छ ।

कालोपत्रेको ठेक्का समझौता मिति सकिए पनि अलपत्र अवस्थामा रहेको चखेवा भञ्ज्याङ–सेखुवा सडक, महुरे–सिमपानी(राजापानी सडक, फोक्सिन्टार–सिमपानी (राजापानी) सडक, दिक्तेल–आहाले सडकको काम सम्पन्न गर्न पहल गर्न एमाले खोटाङको माग छ । यस्तै हुर्लुङ–जालपा सडकको स्तरोन्नतिको काममा भएको ढिलासुस्ती र गुणस्तरको विषयमा अनुगमन गर्न जिल्ला प्रशासन कार्यालयलाई एमालेले माग राखेको छ । यस्तै, पंखु खोला पुल, धाप्लाङघाट पुल र वंशिलाघाट पुल निर्माणको काम चाडो अघि बढाउन ध्यानकर्षण पत्रमा भनिएको छ ।

यसैबिच, जिल्लामा रहेका विभिन्न कार्यालयमा भएका अनियमितता एवं अपारदर्शिताका विषयमा अनुगमन हुनु पर्ने एमालेले प्रमुख जिल्ला अधिकारी सुनारलाई बुझाएको ध्यानकर्षण पत्रमा उल्लेख गरिएको छ । केही दिन अगाडी मात्र जिल्ला आउनु भएका प्रजिअ सुनारले उठेका विषय तथा योजना साथै जिल्लाका अन्य यस्ता विषयहरुहरुको केही महिना भित्र नतिजा आउनेगरी काम गर्ने बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *