Saturday, July 27News That Matters

निजामती कर्मचारी युनियनको स्थापना दिवसमा बिरामीहरुलाई फलफुल वितरण


खोटाङ, भदौ १९ । नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा खोटाङमा बिरामीहरुलाई फलफुल वितरण गरिएको छ । जिल्ला अस्पताल खोटाङमा भर्ना भएर उपचार गराइरहेका १८ जना बिरामीहरुलाई मंगलबार बिहान फलफुल वितरण गरिएको हो ।

युनियनको स्थापना दिवसको अवसरमा बिरामीहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै स्याउ, केरा लगायतको फलफुल वितरण गरिएको निजामती कर्मचारी युनियन खोटाङका अध्यक्ष प्रकाश घिमिरेले बताउनुभयो । युनियनका जिल्ला अध्यक्ष घिमिरेसँगै केन्द्रीय सदस्य अनिल आचार्य र इरन राई, कोशी प्रदेश समिति उपाध्यक्ष भगत आचार्य, सदस्य खेमराज आचार्य, ट्रेड युनियनका जिल्ला सचिव विवेक पराजुली लगायतले फलफुल वितरण गर्नुभएको हो ।

फलफुल वितरणका तस्विरहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *