Saturday, July 27News That Matters

जिल्ला समन्वय ओखलढुंगाका प्रमुख खनालको निधन

असोज १४ । जिल्ला समन्वय समिति ओखलढुंगाका प्रमुख डिल्ली खनालको निधन भएको छ । समन्वय प्रमुख खनालको उपचारको क्रममा गएराति टिचिङ अस्पताल काठमाडौंमा निधन भएको हो ।

नेता खनाल लामो समयदेखि प्यांक्रियाजका क्यान्सरबाट पीडित थिए । उनको गएराति ७३ बर्षको उमेरमा निधन भएको छ ।

२०२८ सालबाट नेपाली कांग्रेसको भातृ संगठन नेविसंघबाट राजनीति सुरुवात गरेका खनाल नेपाली कांग्रेस ओखलढुंगा जिल्लाको कोषाध्यक्ष, उपसभापति, महाधिवेशन प्रतिनिधीहुँदै महासमिति सदस्य समेत बनेका थिए । नेता खनाल हाल जिल्ला समन्वय समिति ओखलढुंगाको प्रमुख थिए ।