
खोटाङ, असोज १४ । खोटाङमा ५ वर्षीया बालिकालाई २४ वर्षीय युवकले बलात्कार गरेका छन् । शनिबार बलात्कृत भएकी बालिकाको जिल्ला अस्पताल गाईघाटमा उपचार भइरहेको छ ।
बालिकाको यौनीबाट निरन्तर रक्तश्राव भइरहेको अवस्थामा प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी लगिएको थियो । चिसापानीबाट रेफर गरिएपछि बालिकालाई उपचारका लागि रातारात उदयपुर लगिएको हो । बालिकाको अवस्था नाजुक रहेको बताइएको छ ।
नजिकै रहेको आफन्तको घरमा शनिबार खेल्न गएकी बालिका बलात्कृत भएकी हुन् । बालिका बलात्कार गर्ने जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङका २४ वर्षीय ट्वाँके माईला भनिने राजु राईलाई प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । उनले मोबाईलमा अश्लिल भिडियो देखाएर बालिकालाई बलात्कार गरेको बताइएको छ ।
बालिका बलात्कार गरेर लुकिछिपि बसिरहेका राईलाई शनिबार रातीनै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख (डिएसपी) पुरुषोत्तम खड्काले बताउनुभयो ।