Saturday, July 27News That Matters

बास्पानीमा अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता हुने

खेल सञ्चालन हुने बास्पानी खकलुङ खेल मैदान

खोटाङ, कात्तिक १४ । खोटाङको केपिलासगढी गाउँपालिका–३ बास्पानीमा अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । खकलुङ युनाइटेड क्लबले आयोजना गर्न लागेको प्रतियोगिता कात्तिक २३ गतेबाट सुरु हुने बताइएको छ ।

खकलुङ युनाइटेड क्लबको खोक्मा खेल मैदानमा सञ्चालन हुने प्रतियोगिताको फाइनल खेल कात्तिक २५ गते हुने आयोजकले जनाएको छ । खेलमा सहभागी जनाउन कात्तिक २० गतेभित्र टिम दर्ता गरिसक्नु पर्ने छ । २१ गते खेल तालिका प्रकाशन गरिने खेल संयोजक किरण राईले जानकारी दिए ।

हरेक वडाले सहभागी जनाउन पाउने खेलको प्रथम टिमले नगद रु ३० हजारसहित ट्रफी र मेडल प्राप्त गर्ने छन् । दोस्रो हुने टिमले नगद रु २० हजारसहित ट्रफी र मेडल पाउने छ । यस्तै, प्रतियोगिताको सेमिफाईनलिस्ट दुबै टिमलाई नगद रु ६÷६ हजार प्रदान गरिने संयोजक राईले बताए ।

खकलुङ युनाइटेड क्लबले हरेक वर्ष दसैँ र तिहारको अवसर पारेर फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको छ । लगातार तेस्रो वर्ष सञ्चालन हुन लागेको प्रतियोगिताले खेल क्षेत्रमा थप टेवा पुग्ने उद्देश्य आयोजकले लिएको छ ।