Saturday, June 13News That Matters

खोटाङको सिम्पानीमा एक लाख पुरस्कार राशीको पालिका स्तरीय भलिबल प्रतियोगिता हुने

खोटाङ, माघ ६ । खोटाङको सिम्पानीमा एक लाख बढी पुरस्कार राशीको पालिका स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । खोटेहाङ गाउँपालिका–८ सिम्पानी वडा कार्यालयको आयोजनामा खुला पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको हो ।

सिम्पानीस्थित सिम्पानी माध्यमिक विद्यालयको प्रांगणमा माघ १८ देखि २० गतेसम्म हुने प्रतियोगिता नकआउटको आधारमा खेलाइने वडाध्यक्ष चन्द्र बहादुर पाथाले जानकारी दिनुभयो । खेलमा सहभागिताको लागि पालिकाको सिफारिस र खेलाडीको परिचय खुल्ने कागजात अनिवार्य गरिएको उहाँको भनाइ छ ।

प्रतियोगिताको प्रथम हुने टिमले रु १ लाख १ हजार १११ नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । दोस्रो र तेस्रो हुने टिमलाई क्रमश रु ७१ हजार १११ र रु ५१ हजार १११ नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने वडाध्यक्ष थापाले बताउनुभयो ।

यस्तै, विद्यागत उत्कृष्ट ६ खेलाडीलाई पनि पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट हुने खेलाडीलाई नगद रु ५ हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । उत्कृष्ट स्पाइकर, डिफेण्डर, सेटर, ब्लकर र सर्भर हुने खेलाडीलाई रु ३/३ हजार नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने वडाध्यक्ष थापाको भनाइ छ ।

हेर्नुहोस् सूचना