Saturday, July 27News That Matters

स्थापना दिवसमा प्रेस चौतारी खोटाङको बिरामीहरुलाई फलफुल


खोटाङ, माघ २२ । नेपाल प्रेस चौतारी खोटाङले बिरामीहरुलाई फलफुल दिएर आफ्नो स्थापना दिवस मनाएको छ । जिल्ला अस्पताल खोटाङमा उपचाररत बिरामीलाई स्वास्थ्य लाभको कामना गर्दै फलफुल दिएर सोमबार चौतारीले आफ्नो २६ औँ स्थापना दिवस मनाएको हो ।

अस्पतालमा उपचाररत १३ जना बिरामीलाई स्वास्थ्य लाभको कामना गर्दै स्वाउ, केरा, अनार, अंगुर लगायतका फलफुल दिएर स्थापना दिवस मनाइएको चौतारी खोटाङका उपाध्यक्ष राजन ठटालले बताउनुभयो । वरिष्ठ पत्रकार कृष्ण आचार्य, पत्रकार महासंघ खोटाङका अध्यक्ष दिलिप खत्री, प्रेस चौतारीका कोशी प्रदेश सहइन्चार्ज हरिबोल आचार्य लगायत जिल्लाका विभिन्न संगठनमा आबद्ध पत्रकारहरु, दिक्तेलका वडाध्यक्ष नवराज राई, नेकपा एमालेका जिल्ला अध्यक्ष राम प्रसाद दंगाल, सचिव कुमार आचार्य, दिक्तेल रुपाकोट मझुवागढी नगर कमिटी अध्यक्ष गोपाल आचार्य, अधिवक्ता ओम प्रकाश घिमिरे लगायतले बिरामीलाई फलफुल दिएर बिरामीको स्वास्थ्य लाभको कामना गरेका थिए ।