Friday, April 17News That Matters

भलिबलमा स्वर्ण पदक जित्ने टिमलाई गाउँपालिकाले गर्यो नगदसहित सम्मान

सम्मान पश्चातको सामूहिक तस्विर ।

खोटाङ, फागुन १९ । खोटाङमा सम्पन्न १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको छात्र भलिबलको उपाधि जित्ने टिमलाई गाउँपालिकाले नगदसहित सम्मान गरेको छ । दिक्तेलमा शुक्रबार सम्पन्न प्रतियोगितामा छात्रतर्फको भलिबलमा स्वर्ण पदक रावा बेसी गाउँपालिकाको टिमले जितेको थियो । स्वर्ण पदक जित्ने खेलाडी, व्यवस्थापक र टिम कोचलाई शनिबार गाउँपालिकाले नगदसहित सम्मान गरेको हो ।

गाउँपालिका अध्यक्ष फटिक कुमार श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत सरोज रेग्मी, वडा नम्बर ४ का वडाध्यक्ष ज्ञान बहादुर पाण्डे, वडा नम्बर ६ का वडाध्यक्ष चिरञ्जीवि कार्की, शिक्षा शाखा प्रमुख सन्तोष तिमिल्सीना, कम्प्युटर अपरेटर नरबहादुर श्रेष्ठ लगायतको उपस्थितिमा व्यवस्थापक तेजिन्द्र घिमिरे, टिम कोच रचन गुरुङ र खेलाडीहरुलाई नगद १२ हजारसहित सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।

समग्रमा १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि भने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले उचालेको छ । दिक्तेलले प्रतियोगितामा २५ स्वर्ण, १० रजत र छ कास्य पदकसहित उपाधि जितेको हो । ९ स्वर्ण, २ रजत र छ कास्य पदकसहित हलेसी तुवाचुङ नगरपालिका दोस्रो भएको छ । १११ पदकका लागि पाँच विद्यामा प्रतिस्पर्धा गराइएको प्रतियोगितामा आठ स्वर्ण, पाँच रजत र पाँच कास्य पदकसहित केपिलासगढी गाउँपालिका तेस्रो भएको छ ।