Saturday, November 9News That Matters

तिहारमा माइती जाने चेलीलाई खोटाङमा निःशूल्क बाइक सेवा

अभियानको विषयमा जानकारी गराउदै अभियान समुह ।

खोटाङ, कात्तिक १५ गते । खोटाङमा युवाहरुको समुहले तिहारमा माइती जाने चेलीलाई निःशूल्क बाइक सेवा दिने भएका छन् । आर्थिक अवस्था कमजोर भएका वा समस्यामा परेका चेलीहरुलाई मोटरसाइकलमा निःशूल्क माइती घर पुराइदिने युवाहरुको अभियान रहेकोछ ।

गत दसैँबाट सुरु भएको यो अभियान तिहारमा पनि निरन्तरता दिने समुहले जनाएका छन् । दसैँमा आपतविपत्मा परेकाहरुलाई गन्तव्यसम्म पुराउने योजनासहित अभियान सुरु गरिएको अभियानका संयोजक सञ्जय कुमार राईले बताउनुभयो । दसैँमा चार दिनसम्म सञ्चालन भएको अभियानबाट ७० जना बढीले सेवा पाएका थिए । “दसैँ, तिहार चेलीलाई उपहार” नाम दिएर सुरु भएको अभियानमा करिब १० जना युवाहरु जेडिएका छन् । अझै जोडिने क्रम जारी रहेको संयोजक राईले बताउनुभयो ।

नेपालीको महत्वपूर्ण चाड तिहारमा माइती घरसम्म पुग्न समस्या भएका चेलीहरुलाई निःशूल्क मोटरसाइकलमा पुराइदिने उहाँको भनाइ छ । माइती र चेलीको यो पर्वमा आर्थिक अवस्थाका कारण वा अन्य समस्याका कारण चेली माइती घर जान नसक्ने अवस्था भएमा आफ्नो टिमलाई सम्झन सकिने राईले बताउनुभयो । खोटाङका विभिन्न ठाउँहरुमा ३५ किलोमिटर भित्रसम्म यो टिमले निःशूल्क सेवा दिने जनाएको छ । कात्तिक १६ गते शुक्रबार चेलीहरुलाई माइतीको घरसम्म पुराउने र १९ गते पुनः घरसम्म ल्याइदिने संयोजक राईले बताउनुभयो । सरकारी सेवा सुविधा लिइरहेकाहरुलाई भने सेवा उपलब्ध हुने छैन् ।

यस अभियानमा जोडिएर सेवा दिइरहेका मोटरसाइकल चालकहरुलाई दित्तेल रत्नपार्कस्थित शुभम क्याफेले निःशूल्क खाना खुवाउने क्याफेका सञ्चालक सुर्य राईले बताउनुभएको छ । यस्तै, खोटाङ महिला उद्यमी संघ, व्यवसायी आशिस थापा लगायत अन्य संघ संस्था र ब्यक्तिहरुले अभियानलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

सम्पर्क नम्बरहरु