Monday, May 12News That Matters

चट्याङ लागेर खोटाङमा एक ब्यक्तिको मृत्यु


खोटाङ, वैशाख ४ । बाँदर खेद्न जादा खोटाङमा चट्याङ लागेर एक ब्यक्तिको मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ नास्तुमका ५५ वर्षका गंगा प्रसाद ढकालको चट्याङ लागेर मृत्यु भएको हो ।

घर नजिकै रहेको खेतमा बाली खान आएको बाँदर खेद्न जादा ढकाललाई चट्याङ लागेको पाइएको वडाध्यक्ष लिला चौहानले बताउनुभयो । बाँदर खेद्न खेतमा गएका ढकाललाई बिहिबार आज दिउँसो करिब १ बजेको समयमा चट्याङ लागेको उहाँको भनाइ छ । विद्युतको पोल नजिक रहेका ढकाललाई पोलमा हानेको चट्याङले भेटेको पाइएको वडाध्यक्ष चौहानले बताउनुभयो । चट्याङ विद्युतको पोलमा हानेको देखिन्छ, सोही पोलमा हानेको चट्याङ लागेर पोल नजिकै रहेका ढकालको ज्यान गएको उहाँको भनाइ छ ।

चट्याङ लागेर मृत्यु भइसके पछि ढकाललाई मृत अवस्थामा भेटिएको हो ।