Friday, September 25News That Matters

Banner News 3

अफगानिस्तानमा तालिबानको बढ्दो प्रभाव रोक्न हवाई आक्रमणलाई तीव्रता

अफगानिस्तानमा तालिबानको बढ्दो प्रभाव रोक्न हवाई आक्रमणलाई तीव्रता

Banner News 3, अन्तर्राष्ट्रिय, ताजा अपडेट
अफगानिस्तानमा विद्रोही समूह तालिबानको बढ्दो प्रभाव रोक्न अमेरिकाले हवाई आक्रमणलाई बढाएको छ । अफगानिस्तानको सेनासँगको सहकार्यमा अमेरिकाले लडाकु विमानमार्फत हवाई आक्रमणलाई बढाएको हो । केही समययता तालिबानले विभिन्न सहरलाई नियन्त्रणमा लिन थालेसँगै भएको हवाई आक्रमणमा कयौँ लडाकु मारिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । तालिबानले पनि आक्रमणका घटनालाई बढाउँदै लगेको छ । जरञ्ज राज्यको शाबरगानमा रहेको एक जेलका सबै कैदीलाई तालिबानले रिहा गरिदिएको छ । तालिबानले पछिल्लो तीन दिनमा तीन वटा प्रान्तीय राजधानी आफूहरुले कब्जामा लिएको दाबी गरेको छ । लडाकुहरुले पछिल्लो पटक कुन्दुज प्रान्तको राजधानी नियन्त्रणमा लिएको दाबी गरेका हुन् । यसअघि निम्रोजको राजधानीकाे जरञ्ज र जोजन राज्यको शाबरगान नियन्त्रणमा लिइएको दाबी गरिएको थियो । अफगानिस्तानबाट अमेरिकासहितका विदेशी सेना फिर्ता हुने निर्णयसँगै तालिबानल...
एसईईको नतिजा प्रकाशित

एसईईको नतिजा प्रकाशित

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज
राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशित गरेको छ । विद्यार्थी अध्ययन गरेकै विद्यालयले गरेको मूल्यांकन देशभरबाट संकलन गरी बोर्डले प्रमाणित गरेर नतिजा प्रकशन गरेको हो । विद्यालयबाट आएको मूल्यांकनलाई प्रमाणीकरण गरी सार्वजनिक गरिएको परीक्षा नियन्त्रक रुद्र प्रसाद अधिकारीले जानकारी दिए । विद्यालयको आन्तरिक मूल्यांकनलाई नै प्रमाणीकरण गरेकोले यो वर्ष पनि बोर्डले नतिजा विश्लेषण नगरेको उनले जानकारी दिए । उनले भने, ‘हामीले विद्यालयले पठाएको मूल्यांकनलाई नै प्रमाणीकरण गरेकोले जीपीए छुट्याएर विश्लेषण गर्न बोर्डले आवश्यक ठानेन ।’ परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसईई परीक्षा २०७७ को नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआर मार्फ प्राप्त गर्न सकिने बताएको छ । बोर्डले २०७७ सालको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा इजी सर्भिस प्रालिबाट ३४९४९ आकाश टेक ...
लियोनल मेस्सीले बार्सिलोना छोड्ने पक्का

लियोनल मेस्सीले बार्सिलोना छोड्ने पक्का

Banner News 3, खेलकुद, ताजा अपडेट
अर्जेन्टिनाका फुटबलर लियोनल मेस्सीले स्पेनिस फुटबल क्लब बार्सिलोना छोड्ने पक्का भएको छ । बार्सिलोनाले मेस्सीसँग सम्झौता नवीकरण नभएको जनाएको छ  । यस अघि मेस्सीले बार्सिलोनासँग पाँच वर्षको नयाँ सम्झौता गर्ने बताइएको थियो । बार्सिलोना र मेस्सी दुवै एक आपसमा नयाँ सम्झौतालाई लिएर सहमत भएपनि लिगको नियम अनुसार अनुबन्धन हुन नसकेको बार्सिलोनाले निकालेको विज्ञप्तिमा भनिएको छ । ३४ वर्षका मेस्सी गएको जुलाई १ तारिखदेखि फ्री एजेन्ट बनेका थिए । केही समय अघि उनले कम तलबमा नै क्लबमा बस्न सहमति भएपछि नयाँ सम्झौता गर्ने तयारी भइरहेको थियो । तर अन्य खेलाडीले तलब घटाउन नमान्दा सम्झौता नविकरण हुन नपाएको खबरमा उल्लेख छ । सन् २००४ मा बार्सिलोनाको सिनियर टिममा डेब्यु गरेका मेस्सीले ७ सय ७८ खेलमा ६ सय ७२ गोल गरेका छन् । मेस्सीले बार्सिलोनाबाट १० ला लिगा उपाधि जित्दा ४ च्याम्पियन्स लिगको उपाधि जितेका छन् । यस्तै ...
पुरुषका लागि गर्भनिरोधको नयाँ उपाय : शुक्रकिट नियन्त्रण गर्ने चुम्बक

पुरुषका लागि गर्भनिरोधको नयाँ उपाय : शुक्रकिट नियन्त्रण गर्ने चुम्बक

Banner News 3, ताजा अपडेट, समाचार, समाज
अनिच्छित गर्भ रोक्नका लागि महिलाहरुका लागि धेरै प्रकारका विकल्पहरूको विकास भएको छ । तर, पुरुषहरूका लागि भने सीमित मात्रामा मात्रै गर्भनिरोधका अस्थायी साधनहरु पाइन्छन् । हालै वैज्ञानिकहरुले पुरुषको लागि गर्भनिरोधको थप अर्को एक विकल्पको विकास गरेका छन् । जसले सजिल्यै पुरुषहरूले गर्भ बस्नबाट रोक्न सक्छन् । चीनका वैज्ञानिकहरुले पत्ता लगाएको उक्त विकल्प टिकाउ हुने अनुसन्धानमा संलग्न वैज्ञानिकहरु बताउँछन् । अमेरिकाको विज्ञानसँग सम्बन्धित पत्रिका न्यानो लेटर्समा वैज्ञानिकहरुले बताए अनुसार उक्त साधनमा रिभर्सियल चुम्बकिय बायोडिग्रेडेबल न्यानोमेटेरियल विकासित गरिएको छ । यसले कम्तीमा ३० दिनसम्म गर्भ रहन दिँदैन । यसको परीक्षण मुसामा गरिएको थियो । वैज्ञानिकका अनुसार उच्च तापक्रममा शुक्रकिटको उत्पादन नहुने उक्त अनुसन्धानमा खुलेको छ । यसको परीक्षण मुसाको बाहिरी छालामा गरिएको थियो । यसअघि सबै अनुसन्धान ...
वडाध्यक्षले दाम्लोले बाँधेर युवालाई कुटे

वडाध्यक्षले दाम्लोले बाँधेर युवालाई कुटे

Banner News 3, ताजा अपडेट, समाचार, समाज
२० साउन, सुर्खेत । जाजरकोटका एक वडा अध्यक्षले स्थानीय युवालाई बाँधेर निर्घात कुटपिट गरेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । युवालाई कुट्ने व्यक्ति जुनीचाँदे गाउँपालिका–२, का वडाध्यक्ष रामबहादुर नेपाली भएको खुलेको छ । सामाजिक सुरक्षा भत्ता बाँड्ने क्रममा होहल्ला गरेको भन्दै वडाध्यक्ष नेपालीसहित केही व्यक्तिले सोही ठाउँका सर्ते नेपाली (नवीन परियार) लाई कुटपिट गरेका हुन् । स्थानीय एक युवकले खिचेको भिडियोमा वडाध्यक्ष आफैंले कुटपिट गरिरहेको देखिन्छ । वडाध्यक्ष नेपालीले दाम्लोले हातखुट्टा बाँधेर कुटपिट गरिरहेका छन् । ‘हल्ला किन गरेको’ भन्दै लुगा च्यातिने गरी वडाध्यक्ष नेपालीसहितका व्यक्तिहरुले कुटपिट गरेको भिडियोमा देखिन्छ । घटना साउन १५ गतेको भएको जाजरकोट प्रहरीले जनाएको छ । तर, कुटपिट गरेको भिडियो भने मंगलबार सामाजिक सञ्जालमा सार्वजनिक भएपछि यतिबेला भाइरल बनेको छ । सामाजिक सु...
शुक्रबारदेखि दोस्रो डोजको खोप

शुक्रबारदेखि दोस्रो डोजको खोप

Banner News 3, ताजा अपडेट, समाचार, समाज
सरकारले पर्सि शुक्रबारदेखि दोस्रो डोजको खोप दिन देशभर अभियान सुरु गर्ने भएको छ । गएको असार २९ गतेदेखि कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरुले पर्सिदेखि दोस्रो डोज पाउने स्वाथ्य मन्त्रालय अन्तरगतको स्वास्थ्य सेवा  विभागले जनाएको छ । पहिलो डोज लगाएका ५५ वर्षदेखि माथिका नागरिकलाई २१ दिनपछि दोस्रो डोज दिन लागिएको हो ।  यस्तै, अहिलेसम्म खोप नलगाएका व्यक्तिले खोपका लागि स्वास्थ्य मन्त्रालयको वेभसाइट www.vaccine.mohp.gov.np मा अनिवार्य नाम दर्ता गर्नु पर्ने विभागले जनाएको छ । मन्त्रालयले यसकै आधारमा तोकेको लक्षित समूहभित्रका व्यक्तिलाई खोपको व्यवस्था गर्ने स्पष्ट पारेको छ । यस्तै, आजदेखि विदेश जाने नेपाली नागरिकले खोप लगाएको विद्युतीय प्रमाण पत्र (क्यूआर कोडसहितको) कीर्तिपुर नगरपालिकामा रहेको राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रबाट पाउने भएका छन् । यो सेवा अन्य जिल्लामा...
नौ दिनको शिशुसहित तीन जनाको पोखरीमा डुबेर मृत्यु

नौ दिनको शिशुसहित तीन जनाको पोखरीमा डुबेर मृत्यु

Banner News 3, ताजा अपडेट, समाचार, समाज
सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको छ । स्थानीयवासी सञ्जीव कापडकी २६ वर्षीया श्रीमती रिकेवादेवी कापड, १८ महिनाकी छोरी रामा र नौ दिनको छोराको स्थानीयवासी सूर्यवंश चौधरीको पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा शव फेला परेको ब्रम्ह्पुरी–३ भेल्हीका वडाध्यक्ष श्याम साहले जानकारी दिए । गए राति करिब १२ बजे घरबाट निस्केकी रिकेवादेवीको शव आज बिहान स्थानीयवासीले पोखरीमा देखेपछि घटना सार्वजनिक भएको वडाध्यक्ष साहले जानकारी दिए । महिलाको मानसिक सन्तुलन ठिक नभएको उनले जानकारी दिए । राति घरबाट बच्चासहित श्रीमती निस्केपछि खोजीमा निस्केका श्रीमान् सञ्जीव कापड अहिलेसम्म घर आइनपुगेको प्रहरीले जनाएको छ । उनको साथमा मोबाइल नभएका कारण सम्पर्क पनि हुन नसकेको सर्लाहीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए...
सीमा क्षेत्रमा गोली चल्दा आसाम प्रहरीका ६ जवान मारिए

सीमा क्षेत्रमा गोली चल्दा आसाम प्रहरीका ६ जवान मारिए

Banner News 3, अन्तर्राष्ट्रिय, ताजा अपडेट
आसाम र मिजोरमको सीमा क्षेत्रमा भएको भिडन्तमा आसाम प्रहरीका ६ जना मारिएका छन् । आसामका मुख्यमन्त्री हिम्मत विश्व सरमाले ट्वीटरमार्फत् यसको जानकारी दिएका हुन् । मारिनेहरु सीमा सुरक्षामा खटिएका जवानहरु हुन् । आसाम र मिजोरमको सीमामा सोमबार सुरक्षा बल र आम नागरिकबीच झडप भएको थियो । झडपमा गोलीसमेत चलेको थियो । यो घटनाका कारण आसामका मुख्यमन्त्री सरमा र मिजोरमका मुख्यमन्त्री जोरामथांगाबीच आरोपप्रत्यारोप चलेको थियो । केन्द्रीय गृहमन्त्री अमित शाहले दुवै राज्यका मुख्यमन्त्रीलाई शान्ति सुव्यवस्था कायम राख्न निर्देशन दिएका थिए । आसाम र मिजोरमबीच लामो समयदेखि विवाद छ । मिजोरम र त्रिपुराबीचमा पनि सीमा विवाद छ । यी विवाद मिलाउन भारतको केन्द्र सरकारले हस्तक्षेपसमेत गरेको थियो । सीमा विवादकै कारण गत वर्ष पनि यहाँ तनावको स्थिति सिर्जना भएको थियो । आसाम र मिजोरमबीच १६५ किलोमिटर लामो सीमा जोडिएको छ । सीमा न...
मेलम्ची आयोजनामा झण्डै दुई अर्बको क्षति

मेलम्ची आयोजनामा झण्डै दुई अर्बको क्षति

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज
बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा करीब दुई अर्ब बराबरको क्षति भएको अनुमान गरिएको छ । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रामकुमार श्रेष्ठका अनुसार प्रारम्भिक रुपमा गरिएको अनुमानअनुसार एक अर्ब ८८ करोडको क्षति भएको देखिएको हो । आयोजनाले चिनियाँ ठेकदार कम्पनी सिनो हाइड्रोले हालसालै बनाइसकेको स्थायी बाँधमा सामान्य मात्रै क्षति पुगको अनुमानमा आधारित भएर क्षतिको पूर्वानुमान गरेको हो । बाढीबाट सुरुङ जोगिए पनि आयोजनाको बाँधसहितका बाहिरी संरचना ढुंगा, गिट्टी, बालुवा र माटोले पुरिएका छन् । बनेका संरचनामाथि नै खोला बगिरहेकाले नदी नियन्त्रणको काम पनि प्रभावकारी ढंगले गर्नुपर्ने अवस्था आएको छ । ‘क्षतिको एकीन विवरण बाढीले पुरिएका सबै संरचना हेरेर विस्तृत अध्ययनपछि मात्रै भन्न सकिन्छ,’ उनले भने, ‘आयोजनाको बाँधस्थलको पुनर्स्थापनाका लागि के-के गर्न सकिन्छ भनेर हाम्रो प्राविधिक टोली मेलम...
भारतमा चोरेको गाडी नेपालमा, दुई जना पक्राउ

भारतमा चोरेको गाडी नेपालमा, दुई जना पक्राउ

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज
भारतबाट ल्याएका चोरीको गाडीसहित प्रहरीले काठमाडौंमा दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले वौद्धबाट दुईवटा चोरीको गाडीसहित मुस्ताङ घर भई वौद्ध बस्ने आग्या गुरुङ र भारत पश्चिम बंगाल घर भई वौद्ध बस्ने सोनाम टासी योल्मोलाई पक्राउ गरेको छ । बरामद गाडी भारतबाट चोरेर नेपाल ल्याएको हुन सक्ने महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताए । उनका अनुसार बरामद गाडीमध्ये एउटामा नेपाली नम्बर प्लेट र एउटामा भारतीय नम्बर प्लेट नै भेटिएको थियो । ‘भारतबाट नै चोरेर ल्याएको देखियो, विस्तृत अनुसन्धान हुँदैछ’ उनले भने । उनीहरुले यसअघि पनि भारतीय गाडी ल्याएको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान शुरु गरेको छ । पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।...