Thursday, April 16News That Matters

भोली देखि माघ १५ गते सम्म नेपालका सबै विद्यालय बन्द

पुस २५ । माघ १५ गतेसम्मका लागि नेपालका सबै विद्यालय बन्द हुने भएका छन । कोभिड–१९ संक्रमण रोकथामका लागि भन्दै आज बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको सीसीएमसी प्रवक्ता सुनिता नेपालले जानकारी दिनुभयो ।

प्रवक्ता नेपालका अनुसार यो निर्णय भोलिदेखि नै लागू हुने छ । अर्को सूचना जारी नभएसम्म सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुने गरी मेला महोत्सव नगराउने गरी भीड रोक्नसमेत गृह मन्त्रालयलाई सिफारिस गर्ने निर्णय भएको समेत उहाँको भनाई छ ।

माघ ३ गतेदेखि सार्वजनिक स्थानहरु पार्क, फिल्म हल, रेष्टुरेन्ट र सपिङको लागि मलमा जाने व्यक्तिले अनिवार्य खोप कार्ड देखाउनुपर्ने भएको छ । सीमानाकामा कोभिड परीक्षणलाई व्यापक तुल्याउने, खोप लगाउन छुटेका बालबालिकालाई खोपको दायरामा ल्याउने निर्णय पनि बैठकले गरेको छ ।