Thursday, April 16News That Matters

बलात्कार आरोपमा खोटाङका एक शिक्षक पक्राउ

फाइल तस्विर

खोटाङ, माघ २ । बलात्कार आरोपमा खोटाङका एक शिक्षक पक्राउ परेका छन । जिल्लाको रावाबेसी गाउँपालिका २ खार्पाका ३१ बर्षिय किशोर पोखरेल पक्राउ परेका हुन ।
पोखरेल खार्पा स्थीत भाषा आधारभुत विद्यालयमा अत्यापन गराउदै आएका छन । सोहि गाउँकी १३ बर्षिया किशोरीलाई बलात्कार गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । गत भदौ ९ गतेबाट पटक पटक बलत्कार गरेको भन्दै बिहिबार परिवारको उजुरी पश्चात पोखरेललाई उदयपुरको रामपुरबाट शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय खोटाङका प्रवक्ता एवं प्रहरी निरीक्षक सागर साहले जानकारी दिनुभयो ।
उनलाई हिरासतमा राखेर ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

पीडित किशोरीको २० हप्ताको गर्भ समेत रहेको बताइएको छ ।