
खोटाङ, माघ १२ । खोटाङको जनसंख्या घटेको छ । केन्द्रीय तथ्यांक विभागको राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक विवरणले जिल्लाको जनसंख्या घटेको देखाएको हो । विभागका अनुसार २०६८ को जनणनामा २ लाख ६ हजार ३ सय १२ जनसंख्या रहेको थियो । २०७८ को गणना अनुसार जिल्लामा जनसंख्या १ लाख ७५ हजार ३ सय ४० रहेको छ । विभागको तथ्यांक अनुसार पछिल्लो १० वर्षमा जिल्लामा ३० हजार ९ सय ७२ जनसंख्या घटेको देखिन्छ ।
जिल्लाको जनसंख्या वृद्धिद्धर ऋणामत्क रहेको विभागले जनाएको छ । जसअनुसार जिल्लाको जनसंख्या वृद्धिद्धर माइनस १ दशमलव ५६ (–१.५६) प्रतिशत रेहको छ ।
विभागले खोटाङसहित देशका ५ जिल्लाको जनसंख्या वृद्धिद्धर ऋणात्मक रहेको विवरण सार्वजनिक गरेको छ । जसमा क्रमशः सबैभन्दा धेरै रामेछापको माइनस १.६५, खोटाङको माइनस १.५६, मनाङ र भोजपुरको समान माइनस १.३२ र तेह्रथुमको माइनस १.२६ प्रतिशत जनसंख्या वृद्धिदर ऋणात्मक रहेको विभागको प्रारम्भिक विवरणमा उल्लेख छ ।
केन्द्रीय तथ्यांक विभागको तथ्यांक

