
खोटाङ, चैत ३० । ओखलढुंगामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सोलुखुम्बुबाट विराटनगर जाँदै गरेको जीप आज बिहान करिब ९:३० बजे मानेभञ्ज्याङ गाउँपालिका–६ भँडारे खोला नजिकै दुर्घटना हुँदा जीपमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।
९ जना सवार जीपमा घाइते भएका अरूको उद्वारकार्य जारी छ । उद्धारका लागि जिल्ला प्रहरी कार्यालय ओखलढुंगा र सोलुखुम्बुबाट प्रहरी नायव उपरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको छ ।
सवारी नम्बर, मृतक र घाइतेको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । सडकबाट झरेको जीप भिरमा अड्किएको छ ।
