
खोटाङ, साउन १५ । खोटाङको साकेला गाउँपालिका–५ मात्तिम बिर्ता केन्द्रविन्दु बनाएर आइतबार (आज) बिहान ८ : १३ बजे ६ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पले कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
खोटाङसँगै आसपासका जिल्ला साथै काठमाडौं उपत्यकासम्म भूकम्पको धक्का महसुस भएको थियो । भूकम्पले मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख (डिएसपी) उमेश लम्सालले बताउनुभयो । “भूकम्पको धक्का राम्रै महसुस भएपनि मानवीय र कुनै पशुचौपायको क्षति भएको छैन् । केन्द्रविन्दु वरीपरी घरहरु सामान्य चर्किएका छन्, तर भत्किएको छैन् । के कती घर चर्किए भन्ने विषयको हामी खोजी गरिरहेका छौँ ।” डिएसपी लम्सालले भन्नुभयो ।
