Friday, April 17News That Matters

खोटाङ : बेपत्ता भएको साढे दुई महिना पछि कांग्रेसका वडा सचिव मृत भेटिए

फाइल तस्विर

खोटाङ, माघ १६ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँका एक ब्यक्ति बेपत्ता भएको साढे दुई महिना पछि मृत भेटिएका छन् । नेपाली कांग्रेसको डाँडागाउँ वडाको वडा सचिवसमेत रहेका धुर्वजित राई आइतबार झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

उनि गत कात्तिक २८ गतेबाट बेपत्ता भएका थिए । श्रीमती घरमा नभएको बेला गाईबस्तुलाई घाँस लगाउन छोराछोरीलाई अराउदै कात्तिक २८ गते बिहान करीब ६ बजे राई घरबाट हिडेका थिए । तर घर नफर्किपछि खोजीगर्न प्रहरीमा उजुरीसमेत दिएको मृतक राईका भाई दिलभत्त राईले बताउनुभयो । साढे दुई महिनादेखि बेपत्ता भएका राई सोही पालिकाको वडा नम्बर एक याम्खाको सिरान भस्मे मुनीको तारेभिरमा झुण्डिएको तर टाउँको मात्र बाकी रहेको अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरिक्षक बेनुकुमार कार्कीले जानकारी दिनुभयो ।

रुख कटान गरिरहेका केही ब्यक्तिले बादर खेदाउदै जाने क्रममा घनाजंगलमा उनराई फेला पारेका थिए । प्रहरीलाई खबर आएपछि हिजै राती घटना स्थलमा पुगी शवको पहिचान गरेर परिवारलाई जिम्मा लगाएको कार्कीले बताउनुभयो । मृत्यु भएको लामो समय भएकाले कुम मुनीको भाग खसेर कुम भन्दा माथी टाउको रुखमा झुण्डिरहेको अवस्थामा भेटिएको हो । सोही ठाउँमा भएको राईले लगाएको कपडा, घरबाट लगेको डोरी, टाउँकोमा भएको पुरानो चोटको आधारमा परिवारको सहायतामा शव पहिचान भएको सूचना अधिकारी कार्कीको भनाइ छ ।