Friday, April 17News That Matters

दिगो विकासका लागि हलेसी तुवाचुङले ल्यायो “नगर योजना आयोग तथा गठन सञ्चालन ऐन २०७९”


खोटाङ, फागुन ११ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले “नगर योजना आयोग तथा गठन सञ्चालन ऐन २०७९” ल्याएको छ । दिगो विकासका लक्ष्य प्राप्तका लागि नगारपालिकाले ल्याएको नयाँ ऐन १२ औँ हिउँदे नगर सभाले पास गरेको छ ।

नगरपालिकाको समग्र विकासको लागि नगर विकास सम्बन्धि नीति, योजना र कार्यक्रम तर्जुमा, सुशासन प्रवद्र्धन गर्दै दिगो विकासको लक्ष्य प्राप्त हुने गरी ठोस योजना तर्जुमा तयार गर्न, आवश्यक सल्लाह तथा परामर्श दिनका लागि नगर योजना आयोग गठन तथा सञ्चालन ऐन ल्याइएको मेयर विमला राईले बताउनुभयो ।

‘हलेसी तुवाचुङ नगरपालिका धार्मिक पर्यटकीय हिसावले धनि छ, रिसर्चका लागि प्रयाप्त संभावना भएको ठाउँ छ, सुनकोशी र दुधकोशीले घेरिएको नगरपालिका प्राकृतिक स्रोतले धनि छ । यति धेरै संभावना बोकेको नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीको मात्र योजनाको विकासमा प्रयाप्त हुँदैन । त्यसैले अनुभव भएका विज्ञसँग छलफल गरेर, योजना बैंक बनाएरर कार्यन्वयन गर्नेगरी, दातृ निकाय र बैदेशिक सहायता बढाउने गरी हामीले यो ऐन ल्याएका छौँ ।’ मेयर राईले भन्नुभयो ।

नगर सभालाई सम्बोधन गर्नुहुँदै मेयर विमला राई

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ ले दिएको अधिकार प्रयोग गरी नगरपालिकाले ल्याएको नयाँ ऐन अनुसार अब विज्ञ समिति गठन हुने उहाँको भनाइ छ । ऐनमा उल्लेख भए अनुसार नगरपालिकाका मेयर अध्यक्ष हुने छन् । अध्यक्षद्धारा मनोनित १ जना महिला अनिवार्य हुने गरी १ उपाध्यक्षसहित ३ जना विषय विज्ञ सदस्य रहने ऐनमा उल्लेख छ ।
यस्तै, नगरपालिकाका पाँच विषयगत संयोजक वडाध्यक्षहरु पनि सदस्य रहने ऐनमा उल्लेख गरिएको छ ।

यसैबिच, हिउँदे नगर सभामाको अवसरमा नगरपालिकाले ५ जनालाई सम्मानसमेत गरेको छ । नगरपालिकाको नाम उच्च बनाउन योगदान दिनेहरुलाई सम्मान गरिएको नगरपालिकाले जनाएको छ । सम्मानित हुनेहरुमा सिङगिङ सुपर स्टारका विजेता गायक राजेश राइ, प्रदेश स्तरीय ४ सय मिटर दौड र ४ सय मिटर रिलेमा रजत पदक विजेता इन्दिरा श्रेष्ठ, भलिबल खेलका रजत पदक बिजेता बेबसना राई, एथलेटिक्समा कास्य पदक बिजेता रोजिना संकर र भलिबल खेलाडी चन्द्र श्रेष्ठ रहेका छन् । उनिहरुलाई नगद रु १० र प्रमाणपत्रका साथमा दोसल्ला ओढाएर सम्मान गरिएको नगरपालिकाले जनाएको छ ।